site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल बैँक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता
SkywellSkywell

काठमाडौं । नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच मेयर विकास उद्यमशीलता कार्यक्रमअन्तर्गत व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

धादिङ सदरमुकाम धादिङवेशीमा आयोजित एक समारोहमा सम्झौता पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भिमप्रसाद ढुंगाना र नेपाल बैँकका तर्फबाट बैंकका  बागमति प्रदेश प्रमुख सुन्दर पन्थीले हस्ताक्षर गरे ।

Dabur Nepal
NIC Asia

सम्झौता अनुसार चालु आर्थिक वर्षमा २ सय ८० जना उद्यमीले प्रत्यक्ष लाभ लिनेछन् । सम्झौता लागु भएसँगै उद्यामीहरुले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन । 
उक्त कर्जामा उद्यमीहरुले व्याजमा अनुदान पाउनेछन् । यस प्रकार असल ऋणीहरुमध्येबाट महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन । बैंकले यो कर्जा  प्रवाह गर्दा सेवा शुल्क लिनेछैन । 

सम्झौता तथा घोषणा सभामा नेपाल बैँकका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दैै यस कार्यक्रमबाट किसानहरूले सहुलियतपूर्ण कर्जा सुविधा पाउने र नगरपालिकाबाट थप ब्याज अनुदान पाउने बताए । 

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले नेपाल बैंकमार्फत मेयर विकास उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय रहेको बताएको प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu