बेइजिङ । क्वारेन्टाइनमा रहेका मानिस बसेको होटल भत्किँदा मृत्यु हुनेको संख्या १० पुगेको छ भने २३ जना अझै बेपत्ता छन् ।
चीनको फुजियान प्रान्तको कोन्जाउ सहरमा क्वारेन्टाइनमा रहेका ७१ मानिसहरु बसेको होटल भत्किँएको हो । आइतबार बेलुका ४ बजेसम्म ४८ जनाको उद्धार गरिएको र जसमध्ये ३८ जनालाई अस्पताल पुर्याइएको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
उक्त क्षेत्रमा करिब एक हजार फायर फाइटर, प्रहरी फौज र अन्य आपतकाल उद्धारकर्ताहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
उक्त होटल कसरी भत्कियो भन्ने खुल्न सकेको छैन । कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका मानिसहरुलाई उक्त होटलमा क्वारेन्टाइन गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको लुनार न्यु एयरदेखि उक्त होटलको पहिलो तला पुनर्निमाण सुरु गरिएको थियो । उक्क भवन मालिकलाई प्रहरीले सोधपुछका लागि बोलाएको सिन्ह्वा समाजार एजेन्सीले जनाएको छ ।
८० गेस्ट रुम रहेको होटल सन् २०१८ देखि सञ्चालनमा छ । क्वान्जाउ सहरमा ४७ जना कोरोना संक्रमित छन् । रोयटर्स