खेल
एजेन्सी । म्यान्चेस्टर सिटी र लेस्टर सिटीले एफ ए कपमा जित निकालेको छ । बुधबार राति भएको खेलमा दुबै टोलीले जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
लेस्टर सिटीले घरेलु मेदानमा वीरमिन्गमलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै सिटीले सेफ वइनास्डेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै साविक विजेता समेत रहेको म्यान्चेस्टर सिटीले सेमिफाइनल प्रवेशका लागि न्युकासलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लेस्टर सिटीले चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै आर्सनलले सेफिल्ड युनाइटेडसँग खेल्नेछ ।
म्यानचेस्टर युनाइटेडले नर्विच र डर्बीबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६ १०:३३
प्रतिक्रिया दिनुहोस्