site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्रीको दोस्रो कार्यकाललाई सेयर बजारले गरेन स्वागत
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बुधबार धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च गिरावट आएको छ । साताको चौथो दिन सेयर बजार ६८ अंकले घटेको हो ।

बुधबार नै अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नयाँ कार्यकालका लागि नियुक्त गरिएको थियो । ४ बजे शपथ ग्रहण गर्नुपूर्व सेयर बजारले उनलाई खुसीसाथ स्वागत नगरेको देखिन्छ । खतिवडालाई सेयर लगानीकर्ताले बजारप्रति नकारात्मक मान्दै आएका छन् ।

Agni Group
NIC Asia

बुधबार नेप्से परिसूचकमा पहिरो नै जाँदा कारोबारमा आएका सबै समूहगत उपसूचक ओरालो लागे । नेप्से घटेको दिन बैंकिङ, बिमा, लघुवित्त, होटललगायत समूहमा ठूलो अंकको गिरावट आयो ।
आज कारोबारमा आएका १ सय ७४ कम्पनीमध्ये मात्र ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

नेप्से ६८ दशमलब ४७ अंकले घटेर १४ सय ४१ दशमलब २० अंकमा कायम भएको छ । परिसूचकमा ४ दशमलब ५४ प्रतिशतले घट्दा कारोबार रकममा पनि निकै कमी आयो ।

Global Ime bank

यसदिन बजारमा २ अर्ब ९० करोड रुपैयाँको मात्र कारोबार भएको छ । पछिल्लो समय ४ अर्बभन्दा माथिको सेयर कारोबार हुने गरेकोमा यसदिन लगानीकर्ताको सोही चाप देखिएन । यसक्रममा ६७ लाख कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा साढे १ बजेदेखि बढ्न प्रयास गरेको भए पनि त्यो कायम हुन सकेन ।

नेप्से परिसूचकमा पहिरो आउँदा बैंकहरूको सेयर कारोबारमा चाप परेको छ । सर्वाधिक सेयर कारोबार हुने शीर्ष १० मा ६ वटा बैंक अटाए । तर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक २६ करोड ६२ लाख रुपैयाँको सेयर किनेबेच भएको छ ।

नेप्से घटेको दिन सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ५ दशमलब १७ प्रतिशतले बढेको छ । यसदिन चारवटा कम्पनीको सेयर मूल्य घट्ने क्रममा सर्किट लागेको छ । नेसनल माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, स्वदेशी लघुवित्त र कालीका माइक्रोक्रेडिट विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । यसदिन अरु ११ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu