राजनीति
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो जिम्मेवारी दिएका हुन् ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गोकुल बाँस्कोटाले नैतिकताका आधारमा बिहीबार मन्त्री पदबाट राजीनामा गरेका हुन् । बाँस्कोटालाई डेढ वर्ष अघि सेक्युरिटी प्रेस खरिदका आर्थिक लाभ माग गरेको आरोप लागेको थियो । उनको अडियो टेप बुधबार राती सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ १८:४१
प्रतिक्रिया दिनुहोस्