site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा पहिलो पटक कम्पोजिट सिलिन्डर बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्लासिक ट्रेड इन्टरनेशनल प्रालिले नेपालमै पहिलो पटक कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ । आधुनिक प्रविधिबाट निर्मित कार्बन कम्पोजिट फाइबरले बनेको यो एलपीजी सिलिन्डर मल्टीनेशनल कम्पनी ‘टाइम टेक्नोप्लाष्ट लि’ले उत्पादन गरेको “लाइट सेफ” ब्राण्डको हो । 

क्लासिक इन्डष्ट्रिज प्रालिका अध्यक्ष किसान कुमार श्रेष्ठका अनुसार ६०÷७० वर्ष पुरानो फलामे सिलिन्डरको तुलनामा अत्याधुनिक प्रविधिबाट बनेको यो सिलिन्डर शतप्रतिशत सुरक्षित र उपयुक्त  छ । यसलाई सुरक्षित रुपमा प्रयोग गर्न मिल्ने उनले जानकारी दिए । “अहिले बजारमा पाइने फलामको एलपीजी सिलिण्डर बिस्फोटको खतरा, गह्रौं तौल भएको, अपारदर्शी एवं ग्यासको मात्रा जान्न तथा देख्न नसकिने, पुरानो प्रविधिबाट बनेको, खिया लाग्ने तथा घाम पानीबाट खिएर जाने, आकर्षक आकार र रंगमा उपलब्ध नभएको ओसारपसार र मर्मतसम्भारमा कठिनाइ छ र युनिभर्सल भल्व जडान नभएकोले दुर्घटना, क्षति हुने सम्भावना छ तर यो त्यस्तो छैन,” उनले भने, “आधुनिक भएकाले कम्पोजिट एलपिजी सिलिण्डर महँगो छ तर धेरै फाइदा पनि छ । लिक हुँदैन, केहि महिनापछि मूल्य घटाउँदै लैजान्छौँ । बाहिरबाट ल्याउँदा नै महँगो पर्ने भएकाले भन्सार कम गर्न लगाएर भए पनि उपभोक्ताको हितमा काम गर्छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

हाल १४.२ केजीको ग्यास बजारमा भोलिदेखि आए पनि अब चाँडै नै ५ केजी र १९ केजीको पनि ल्याउने उनले बताए । फलामको सिलिण्डरमा १०० प्रेसर बारको भार बराबरको क्षमता छ तर यसमा १३५ देखि १४० बार प्रेसर भार थेग्ने क्षमताको रहेको छ । फलामको सिलिण्डरमा रहेको ग्यास ० डिग्री सेन्टिग्रेडमा जम्छ तर यो माइनस (–४०) डिग्री सेन्टिग्रेड चिसोमा पनि नजम्ने हुँदा नेपालको हिमाल, तराई र पहाड जुनसुकै ठाउँमा सरल तरिकाले प्रयोग गर्न सकिने उनले बताए । नेपाली बजारमा सोमबारदेखि भाटभटेनी सुपरमार्केटहरु तथा विभिन्न डिलरहरु मार्फत विक्री वितरण गर्ने बताए । 

नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले अहिले घरमा भएको सिलिण्डरलाई म्यानेज गर्ने गृहकार्य भइरहेको बताए । अहिले कम्पोजिट सिलिन्डर बजारमा आवश्यक भएकाले स्विकृत गरिएको हो उनले बताए । टाइम टेक्नोप्लाष्ट लिमिटेडका प्रवन्ध निर्देशक अनिल जैनले विस्फोटनबाट सुरक्षित भएकाले यो ग्यास ल्याइएको बताए । नयाँ प्रविधि ल्याएर व्यवसायीसँग मिलेर नेपालमा नै व्यवसाय गर्ने उनले बताए । 

Global Ime bank

ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले उपभोक्तालाई लुट्ने काम बन्द गर्न आग्रह गरे । उनले भने, “छनोट गर्न पाउनु उपभोक्ताको अधिकार हो, उनीहरुलाई लुट्ने काम गर्न पाइँदैन ।” ५ केजी र १९ केजीको सिलिण्डर पनि बजारमा चाँडै उपलब्ध गर्नुपर्नेमा उनले जोड दिए । 

उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अहिलेसम्म भएको ग्यास विस्फोटमा कसले कति क्षतिपूर्ति पायो भन्ने मात्र भएको भन्दै ग्यासको कमीकमजोरी नसच्याइएकोमा दुखेसो पोखे । 
कन्जुमर आईकी अध्यक्ष विमला खनालले बाँच्न पाउने अधिकार कुण्ठित भएको समयमा सुरक्षित एलपीजी सिलिण्डर ल्याउनु राम्रो भएको बताइन् । 

कम्पोजिट एलपीजी सिलिण्डरका विशेषताहरु 
हलुका र भरपर्दो र पारदर्शी
घामपानीबाट खिया नलाग्ने तथा खराब मौसममा पनि खिएर नजाने
विभिन्न क्षमतामा उपलब्ध
मर्मत सम्भारमा कम खर्च हुने
बलियो
ग्यास लिकेज नहुने
विस्फोटन हुनबाट सतप्रतिशत सूरक्षित

मूल्य कति ?
१४.२ केजी  सिलिण्डरको १० हजार ६२५ रुपैयाँ (ग्याससहित १२ हजार)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC