site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आइएमई बैंकको नाफा २ अर्बमाथि 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो मुनाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो । 

मर्जर पश्चात् बैंक पूँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पूँजी २४ अर्व ८७ करोड, कुल पूँजी २८ अर्व १६ करोड, कुल निक्षेप २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी १ खर्व ९८ करोड भन्दा बढी पुगेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

हाल बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखासहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement