site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायत ईयूबाट आज बाहिरिँदै 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लन्डन ।  युरोपियन युनियन (ईयू) बाट आज बेलायत बाहिरिने भएको छ । तीन प्रधानमन्त्री, साढे तीन वर्ष र सन् २०१६ देखि ब्रेक्जिटका विषयमा कैयौंपटक संसदमा भएको मतदानले बेलायतको बर्हिगन सफल भएको थियो । ४७ वर्षपछि ईयूबाट बेलायत स्थानीय समयअनुसार शुक्रबार ११ बजे ईयूबाट बाहिरनेछ । बेलायत ईयूबाट बाहिरिने पहिलो मुलुक पनि बन्दैछ । 

बेलायत ईयू छोड्ने तयारी गरेपछि प्रधानमन्त्री बोरिस जोनसनले "नयाँ युगको सुरुवात" लाई स्वागत गर्नेछन् । भिडियो सन्देशमर्फत उनले ब्रेक्जिट 'अन्त्य नभई सुरुवात' भएको बताउनेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानमन्त्री जोन्‍सनले ईयूका २७ मुलुकसँगको सम्बन्धलाई "वास्तविक राष्ट्रिय नवीकरण र परिवर्तनको क्षण" का रूपमा व्याख्या गर्नेछन् । बेलायतको संक्रमणकालीन अवधि सुरुवात हुने र विस्तारै परिवर्तन हुँदै जानेछ । 
सन् २०२० को डिसेम्बरसम्मका ईयूका कानुनहरु लागु हुनेछन् । यो विषयमा ईयू र बेलायतबीच यसअघि नै सम्झौता भइसकेको छ । 

जोन्सनले आफ्नै एजेन्डालाई डिसेम्बरमा निर्वाचित भएपछि बेलायतलाई आफ्नै कार्यकालमा स्वतन्त्र बनाउन सफल भएका छन् । सन् २०१६ देखि नै बेलायतलाई अलग गर्नुपर्ने पक्षको नेतृत्व गर्दै आएका थिए । -बीबीसी
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro