site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

टोकियो । विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन् । 

सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलोपटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा सम्मानित भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली नागरिक भएर पनि जापानबाट सामाजिक काममा उष्कृष्ट योगदान पुर्याएको भन्दै थापासहित अन्य चारजना जापानी नागरिकलाई मङ्गलबार साँझ टोकियोको सहायक पर्यटकीय व्यापारिक केन्द्र मानिने रोप्पोंगीमा एक कार्यक्रमका बीच युवानायक अवार्ड प्रदान गरिएको थियोे । 

सन् २००० मा अध्ययनका लागि काठमाडौँबाट जापान आएका थापा गैरआवासीय नेपाली सङ्घको सल्लाहकार र नेपाल जापानको सम्बन्ध विकासमा सहयोगी तथा भूकम्पप्रभावित नेपाली बालबालिकालाई कुखुराको फुल कार्यक्रम चलाउँदै आएका छन् । 
‘सामाजिक काममा उष्कृष्ट योगदान पुर्याएको’ लेखिएको अवार्ड पाएपछि थापाले सामाजिक दायित्वमा जिम्मेवारी थपिएको अनुभव भएको भन्दै सम्मानले नेपाल र नेपालीको हौसला बढेको बताए । 
सम्मानित भएपछि जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली सङ्घ, जापानका अध्यक्ष सुदन थापासहित जापानस्थित विभिन्न सङ्घसंस्थाले बधाइ दिएका छन् । 

Global Ime bank

विगत सात वर्षदेखि प्रदान गर्दै आएको राष्ट्रिय युवा अवार्ड ८ औँ वर्षमा आउँदा प्रदान गरिने विधालाई परिमार्जन गरी पहिलोपटक नेपाली युवा थापासहित अपाङ्ग भएर पनि सबलाङ्ग सरह योगदान पुर्याएको भन्दै ३६ वर्षीय स्थानीय महिला ओदा युरिको योउइची सम्मानित हुँदा धेरैजना अचम्भित भएका थिए । 

जापानको युवा विकास सङ्घ नामक संस्थाले स्थापना गरेको अवार्ड ७ वर्षसम्म अनौठो मानिएको विवाहित जोडी र विदेशी नागरिकलाई सम्झना गरिएको थिएन । अनौठो विवाहितजोडिलाई अपाङ्ग भएर पनि विचारमार्फत समाज परिवर्तनमा सफल रहेको भनिएको थियो । 

सम्मानित भएकी योेउइची आफूले एक्लै खान, पिउन तथा कपडा लगाउन र हिँडडुल गर्न सक्दिनन् । युवा नायक अवार्ड वितरण कार्यक्रममा प्राप्त गरेको अवार्ड र माइक समाउन पतिलाई सहायक बनाएकी थिइन् । केही गर्न नसक्ने मलाई माया गर्ने सबलाङ्ग पतिलाई मञ्चबाटै खोज्न आग्रह गर्दा धेरै मानिस भावुक पनि देखिएका थिए । 

बाँच्नका लागि गरेको योउइचीको साहस र नेपाली युवाको जागर तथा अन्य विधामा उत्कृष्टताका आधारमा ३४ वर्षका हानायागी कोतोओमी, ४० बर्षका फुजीसावा रेचु र ४२ वर्षीय इवाफु युकालाई पनि युवानायक अवार्ड प्रदान गरिएपछि जापानी सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC