site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
के पाक्दैछ एमाले भान्सामा ? आन्तरिक विवाद कायम राखेर चुनावमा केन्द्रित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तापक्ष व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधन विधेयक पास गराउने भगिरथ प्रयत्नमा लागिरहँदा प्रमुख प्रतिपक्षी एमाले भने चुनावी तयारीमा जुटेको छ । 

कात्तिकदेखि माघसम्म जागरण अभियान सञ्चालन गरेर ‘पहिलोचरणको चुनावी अभियान’ सकेको एमालेले २१ फागुनदेखि मेचि–महाकाली अभियान सुरु गर्दैछ । 

त्यसो त, संसद्मा टेबल भएको संविधान संशोधन विधेयकलाई ‘राष्ट्रघाती कदम’ र ‘देश हित विरोधी’को संज्ञा दिँदै सदन र सडक दुवै तताइरहेको एमालेले उक्त ‘आन्दोलन’ लाई पनि चु्नावसँगै जोडेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विधेयकविरुद्ध उठेको आवाजलाई जनमतमा ‘क्यास’ गर्ने र छिट्टै चुनाव ‘फेस’ गर्ने उसको रणनीति हो ।

विधेयक टेबल गर्नु प्रधानमन्त्रीको बाध्यता
विधेयक टेबल गर्नु प्रधानमन्त्रीको बाध्यता भएको बताउँछन् एमाले सचिव योगेश भट्टराई ।

Global Ime bank

“हिजो प्रधानमन्त्री हुँदा के–के गर्छौं भनेर कवुल गर्नुभएको थियो, त्यहीअनुसार विधेयक टेबल गर्नु भएको हुनसक्छ । उहाँले जहाँ जाँदा पनि जसरी पनि विधेयक टेबल गर्छु भन्नुहुन्थ्यो, मधेसी मोर्चालाई पनि त्यही भन्नुहुन्थ्यो । उहाँको रहर पूरा भयो  तर, विधेयक कुनै हालतमा पास हुँदैन ।”

दूतावासले दिवा तथा रात्री भोज खुवाएर विधेयक पास नहुने उनी जिकिर गर्छन् ।

“यो संशोधनमा भारतीयहरूको पनि चासो छ भन्ने हामीले बुझेका छौँ । भारतका नेता र दूतावासका अधिकारीहरूले पनि राम्रैसँग बुझेका होलान् संसद्मा विधेयकमा मतदान गर्ने नेपाली छन् । कोही भारतीय आएर भोट हाल्दैनन्, ” उनले भने ।

उनले विधेयक पास गराउँछु भन्नु दिवास्वप्न भएको जिकिरसमेत गरे ।

“प्रधानमन्त्रीलाई थाहै हुनुपर्छ, सत्तापक्षका कतिपय सांसद्लेसमेत विधेयकको पक्षमा मतदान गर्दैनन्,” उनको ठोकुवा थियो ।
उनले सभामुखजस्तो गरिमामय पदमा बसेको व्यक्तिले संसद्को गरिमा बुझ्न नसक्नु दुःखद् भएको टिप्पणी गरे ।

“विपक्षी पार्टीहरूले उठेर विरोध जनाइरहेका छन् । विरोधकाबीच विधेयक टेबल गर्नुभयो । उहाँले सभामुखको भूमिका कत्तिको निभाउन सक्नुभयो, भएन आफैँले बुझ्नुपर्छ । विधेयक त्यसरी टेबल गर्नु लज्जाजनक कुरा हो,” उनको भनाइ थियो ।

एमालेको दाउ : चुनावमा जसरी पनि पार्टीलाई जिताऊ
सत्ता साझेदार दलहरू सरकारमै अल्मलिइरहँदा एमालेलाई ‘मैदान खाली’ भएको आभाष भएको छ । संविधान संशोधन विधेयकले राष्ट्रियताको मुद्दा पेचिलो बनिरहँदा त्यही मुद्दा लिएर जनताको बीचमा जाँदा हिमाल–पहाड ‘सोलोडोलो’ पल्टाइन्छ भन्ने आँकलन नेताहरूको छ । 

पाँच नम्बर प्रदेशमा सिमांकनको विषयलाई लिएर उठेको ‘एन्टी कांग्रेस– माओवादी केन्द्र’ को माहौललाई आफ्नो ‘जनमत’मा बल्ने भित्रि तयारीमा जुटेको छ एमाले । 

०५१ यता तत्कालिन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीले ल्याएको बजेटको वकालत गरिरहेको एमालेले पछिल्लोपटक प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले बनाएको बजेट र प्रधानमन्त्रीबाट बर्हिगमन भएपछि संसद्मा दिएको अध्यक्ष ओलीको मन्तव्यको किताब नै बनाएर गाउँ पसेको छ ।

ओली नेतृत्वको सरकार बनेपछि एमालेको जनमत बढेको एमालेको बुझाइसमेत छ ।

भट्टराई भन्छन्, “यसअघिको निर्वाचनमा एमाले–कांग्रेसबीच मतान्तर एक लाखको मात्रै हो । पछिल्लोसमय एमालेको आमसभामा उपस्थित भएका जनसमुदाय हेर्दा एमालेको भोट बढेको देखिन्छ, जुन निर्वाचन (प्रदेश, प्रतिनिधिसभा र स्थानीय तह) को निर्वाचन भए पनि एमालेले चुनाव जित्छ ।”

पहाड पक्का अब तराई पस
संविधान संशोधनको मुद्दाका कारण चुनावमा जान सजिलो भएको एमालेको बुझाइ छ । त्यसैले उसले पार्टीको सम्पूर्ण शक्ति चुनावमा खटाइसकेको छ ।

पार्टीका शीर्षस्थ नेताहरू विधेयक पास गराउन नदिन लाग्ने र तलका कार्यकर्ता चुनावी तयारी (मतदाता नामावली अद्यावधिक, वडास्तरमा अधिवेश, कार्यकर्ता भेला, प्रशिक्षण आदीका माध्यमबाट जनतामा जाने) मा जुटिसकेका छन् । 

फागुन २१ गतेदेखि सुरु गर्न लागेको जागरण अभियान तराइ केन्द्रित हुने एमाले नेताहरू बताउँछन् ।

विशेष गरेर झापादेखि कञ्चनपुरसम्मको जिल्लामा  अभियान सञ्चान गरिने र मधेसमा ‘बिच्किएको’ जनमत सुधार गर्ने कडिका रूपमा अभियानलाई लिइने नेताहरू बताउँछन् ।

“अभियान अवधिभर राजमार्गको छेउछाउमा ३५–४० ठाउँमा साना ठूला आमसभा हुनेछन्, हामीले त्यसबेला केही विकास निर्माणका शिलन्यासहरू गर्ने छौँ । सामाजिक सद्भाव विस्तार गर्ने कार्यक्रम सञ्चालन हुनेछन् । दाइजो नल्याएवापत पिटिएका, बोक्सी भन्दै मानव मलमुत्र खुवाइएकाहरूलाई, विशेष गरेर दलित समुदायलाई सम्मान गर्ने, तराईका धार्मिक, ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने एमालेको योजना छ,” प्रचार विभाग प्रमुख रहेका भट्टराईले भने ।

यस्तै उनले पूर्व– पश्चिम राजमार्गपछि हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा समेत त्यस्तै अभियान सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । 
विवाद चुनावसम्म थाती राख्ने
एमालेभित्र जसरी एकमना एकता देखिन्छ वास्तवमा त्यस्तो अवस्था छैन । भ्रातृ संगठनमा समेत गुटगत राजनीतिले प्रश्रय पाइरहेको एमाले पार्टीको वडा तहसम्मै संरचनामा चिरा परेको उहिल्यै हो ।

विशेष गरेर आठौँ महाधिवेशनदेखि प्यानलगत चुनाव लडेको एमालेले केन्द्रीय समितिको बैठकबाटै प्यानलगत प्रतिष्पर्धा नगर्ने निर्णय गरेको छ । तथापि, एमालेभित्र स्थायी रुपमै दुई गुट देखा परेका छन् । आन्तरिक रस्साकस्सी ज्युँका त्यूँ छ ।

भट्टराई भन्छन, “जीवन्त पार्टीभित्र गुटहरू समाप्त हुँदैनन् । नेपालमा मात्र होइन विश्वमा र कम्युनिष्ट पार्टीमा मात्र होइन गैर कम्युनिष्ट पार्टीमा समेत यो चरित्र देखा पर्छन् । गुट निमिट्यान्न बनाउँछु भनेर सकिँदैन, यो व्यवस्थापन गरेर जाने कुरा हो ।”

उनले एमालेभित्र केही विवाद रहेको कुरा स्वीकार गर्छन् । भन्छन्, “पार्टी अध्यक्षको कार्यशैलीका बारेमा पटक–पटक प्रश्न उठेकै छ र आज पनि त्यो मत्थर भएको छैन । हामी छलफलद्वारा मिलाउने प्रयत्नमै छौँ ।”

विवाद पार्टीमा मात्रै होइन भ्रातृ संगठनमा पनि उस्तै छ । अनेरास्ववियुमा सर्कुलर मात्रै तीन वटा जारी भयो भने युवा संघका नेताहरूले ‘हामी मिल्यौँ’ भनेको तीन पटक भइसक्यो ।

पार्टीभित्रका गम्भीर प्रकृतिका असन्तुष्टि र असमझदारी चुनावसम्म थाती राखेर जाने र सामान्य विवाद निरुपण गर्ने समझदारी भएको एमाले नेताहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७३  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !