site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नबिलको ३२ औं वार्षिक उत्सव सम्पन्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नबिल बैंकले आफ्नो ३२ औं वार्षिक उत्सव द्वन्द्वपीडित तथा अपाङ समाज नेपाल नामक संस्थामा आश्रित मानसिक र शारिरीक रुपले अपाङ भएका बालबालिका तथा वृद्ध–वृद्धाहरुका साथमा मनाएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले व्हील चेयर, वाटर डिस्पेन्सर, पि. तन्ना, खेलकुदका सामाग्रीहरु प्रदान गरेको छ । 
 
सो कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेल, निर्देशक दयाराम गोपाल अग्रवाल, सहायक महा प्रबन्धक रमेशप्रसाद लोहनी तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो । द्वन्द्वपीडित तथा अपाङ समाज नेपाल सन् २००५ मा स्थापना भएको गैर नाफा मुलक सामाजिक संस्था हो जसले मानसिक र शारीरिक रुपले अपाङ भएका बालबालिका तथा वृद्ध–वृद्धालाई सहारा दिने उद्देश्य बोकेको छ । 
 
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले शैक्षिक क्रियाकलाप, विज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला तथा साहित्य आदि विभिन्न क्षेत्रहरुमा सहायता प्रदान गर्दै विविध सामाजिक कल्याणका लागि निरन्तर प्रतिबद्ध छ ।
 
बैंकले ५२ वटा शाखाको बृहत सञ्जाल, ९० वटा एटीएम र एक हजार चार सय बढी नबिल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्ट मार्फत् सेवा प्रदान गर्दै आएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !