site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सूचना सुरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयमा एकसातादेखि चलेको नयाँ सञ्चार प्रविधि तथा सूचना सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
 
दुई भागमा विभाजन गरिएको कार्यक्रमको पहिलो दुई दिन फेडरेसन अफ कम्प्युटर एशोसियसन नेपाल र इन्टरनेट सोसाइटी नेपाल च्याप्टरको सहयोगमा प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय र केन्द्रीय अनुसन्धान व्यूरोको सहकार्यमा सञ्चालन गरिएको हो । दोस्रो दुई दिनको प्रशिक्षण कार्यक्रम सञ्चार निर्देशनालयको आयोजनामा सोसाइटी अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियर्स र फेडरेसन अफ कम्प्युटर एशोसियसन नेपालको सहयोगमा सम्पन्न भएको थियो । 
 
विशेष गरी प्रविधिको बढ्दो प्रयोगको विद्यमान समयमा सञ्चार नेटवर्क तथा सूचना व्यवस्थापनमा आउन सक्ने संभावित जोखिमहरुको पहिचान, मूल्याङ्कन र निराकरण गर्ने सम्बन्धमा प्रशिक्षण गरिएको थियो । यसका साथै विद्युतिय अपराध तथा हाल नेपालमा यसको अवस्था लगायत प्रचलित ऐन, कानुनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो । 
 
कार्यक्रम समापनको अवसरमा सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा.राजिव सुब्बाले प्रविधिमय वर्तमान समयमा प्रविधिको सही तथा सुरक्षित प्रयोगको लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले भविष्यमा पनि यस्ता कार्यक्रम संचालनको लागि विभिन्न संघ संस्थासँग सहकार्य गर्न सकिने बताउँदै कार्यक्रममा सिकेका कुरा व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । उक्त प्रशिक्षणमा ४८ जना प्रहरी अधिकृतको सहभागिता थियो । 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC