site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीका 'भिजिटर'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वीरगन्ज-९ का ११ वर्षीय सुलक्ष्यम खत्रीलाई उनका बाबुले मंगलबार दिउँसो सकी नसकी बोकेर शिक्षण अस्पताल परिसरभित्रको एउटा भवनको भरेङ उकाल्दै थिए । सुलक्ष्यमको एउटा खुट्टामा प्लास्टर गरिएको थियो । उनकी आमाको हातमा सुलक्ष्यमले टेक्ने बैसाखी थियो । उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको भने हैन रहेछ । सुलक्ष्यमको कुर्कुच्चाको अपरेसन त २१ दिन पहिले नै भइसकेको थियो । र, सुलक्ष्यम अपरेसन गर्ने तिनै डाक्टर गोविन्द केसीलाई भेट्न अनशन बसेकै ठाउँमा आएका रहेछन् ।

सुरुमै सुलक्ष्यमले आगन्तुक पुस्तिकामा 'समर्थन छ' भन्ने लेखेर सही गरे । त्यसपछि डा. केसी बसेको कोठातिर लागे । सानो एउटा कोठामा अनशनरत डाकटर र उनका बालक बिरामीबीचको भेट रोमाञ्चक बनेको थियो । सुलक्ष्यमलाई डा. केसीले आफू सुतेको ओछ्यानमा नजिकै इसाराले बोलाए । अपरेसनपछि दुख्न कम भए नभएको सोधे । सुलक्ष्यमसँग हात मिलाए र धन्यवाद दिए ।
 
शिक्षण अस्पतालको पल्लो छेउमा डा. केसी अनशन बसेको भवनमा पुग्दा क्रुद्ध शासक कति क्रूर हुनसक्छ भन्ने स्पष्टै देखिन्थ्यो ।  बिरामीका लागि आफ्ना अनशनमा बसेका डाक्टरसम्म पुग्न निकै कठिन हुने देखिन्थ्यो । भवनभित्र पस्नै नाली फड्को मार्नुपर्छ । बैसाखी टेकेर जाने शुभेच्छुक त्यहीँबाट फर्कनुपर्ने हुनसक्छ । फड्किन खोजे बैसाखी चिप्लेर लड्ने जोखिम छ । त्यसपछि भरेङका खुड्किला उक्लेर उनीभएसम्म पुग्न झन् मुस्किल हुनेरहेछ ।
 
 
 
डा. केसी सुतेका सानो कोठामा ढोकाबाट फोटो खिच्दा 'एन्टीलाइट' हुन्छ । उनको अनुहार देखाउन फ्ल्यास बाल्नै पर्ने हुन्छ । कोठा तातेर उखुम गर्मी हुनेरहेछ । 
पुराणमा वर्णित ऋषिहरूको तपस्या र तपस्या भंग गर्न राक्षसहरूले गर्ने अत्याचारको सम्झना हुन्छ त्यहाँ पुग्दा ।    
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement