site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
‘सरकार ओलीले हैन अख्तियारले चलाएको छ’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बाह्रखरी समीक्षा
 
चिकित्सा शास्त्रका प्राध्यापक डा. गोविन्द केसीले सातपल्टसम्म अनशन बसेर कैयौंपटक सरकारसँग सम्झौता गरेर पनि नेपालको चिकित्सा क्षेत्रमा उल्लेख्य परिवर्तन आएन । सरकारले हरेकपल्ट उनीसँग सम्झौता त ग¥यो तर त्यसको कार्यान्वयन गरेन । मेडिकल माफियाको सबै राजनीतिक दलमा प्रभाव भएका कारण पनि हरेक सरकार डा. केसीलाई कुनै न कुनैरूपमा झुक्याउन र छक्याउन प्रयासरत रहेको देखियो । कतिपय अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत आफ्नो अख्तियारी दुरुपयोग गरेर मेडिकल माफियाको समर्थनमा आएको कारणले गर्दा डा. गोविन्द केसीलाई आठौंपटक पनि अनशनमा बस्नुपर्ने बाध्यता उत्पन्न भएको छ । डा. केसीले चौथो अनशनका बेलामा पनि अख्तियारमाथि कारवाही गरिनुपर्छ भनेर माग गरेका थिए । तर, यसपल्ट भने अख्तियारविरुद्ध उनको अडान स्पष्ट र सशक्त छ । अख्तियार दुरुपयोग अनुसन्न्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसद्ले महाभियोग लगाएर हटाउनुपर्ने माग राखेका डा. केसीले अहिले नेपालको प्रशासन र सरकार ओलीले हैन अख्तियारले चलाएको छ भनेर प्रेसलाई बताएका छन् । संसद्ले यो कार्य नगरे जनता उठेर व्यवस्थाविरुद्ध संघर्ष गर्छन् भन्ने डा. केसीको विश्वास रहेको छ । 
 
आज प्रकाशित दैनिक पत्रिकामा डा. गोविन्द केसीलाई कति स्थान दिने भन्ने विषयमा निकै कडा परिश्रम परेको देखिन्छ । नागरिक, कान्तिपुर तथा नयाँ पत्रिकाले हिजो दिएजत्तिकै स्थान दिएका छन् डा. केसीको समाचारलाई । राजधानी र हिमालय टाइम्स दुवैले दोस्रो मुख्य समाचार बनाएका छन् भने अन्नपूर्ण पोस्टले तेस्रो पृष्ठमा ठूलो समाचार बनाएको छ । गोरखापत्रले भने पृष्ठ तीनमा एक कोलमको सानो समाचार बनाएको छ । 
 
नागरिकले पाँच कोलममा समाचारसहित बक्स बनाएको समाचारमा अस्पताल प्रशासनले डा. गोविन्द केसीलाई उपलब्ध गराएको सानो कोठामा केसी बसेको फोटो पनि समावेश गरेको छ । ‘बेथितिविरुद्ध आठौं प्रहार’ शीर्षकको मुनि ‘अस्पताल प्रशासनले अख्तियारको निर्देशनमा केसीलाई सबै खालका अवरोध गरे पनि उनी अनशन बसिछाडे’ भनेर हाइलाइट गरेको छ । 
 
डा. केसीलाई समर्थन नगर्न अख्तियारले डाक्टरहरूलाई धम्क्याएको र अस्पताल प्रशासनले सम्पूर्णरूपमा असहयोग गरे पनि विद्यार्थी र शुभेच्छुकको समर्थनमा डा. केसी उनलाई प्राध्यापकको रूपमा उपलब्ध गराइएको सानो कोठामा अनशन बसेको नागरिकले लेखेको छ । नागरिकका दीपक दाहालले लेखेको समाचारमा आईओएमका निमित्त डिन डा. विमल सिन्हा र अस्पताल निर्देशक डा. दीपक महराको ठाडो निर्देशनमा डा. केसी यसअघि अनशन बस्ने र पत्रकार सम्मेलन गर्ने कोठामा ताला लगाइएको पनि उल्लेख गरिएको छ । 
 
राजधानी दैनिकले पनि डा. गोविन्द केसीको आमरण अनशनको समाचारलाई राम्रोसँग प्रस्तुत गरेको छ । उनका मागहरू पनि राम्रोसँग बुझिने गरी बक्स बनाएर राजधानीले प्रस्तुत गरेको छ । साथै समाचारको बीचमा तस्बीर पनि प्रकाशित गरेको छ । राजधानीले शीर्षकभने ‘समर्थन र विरोधमा अस्पतालभित्रै नाराबाजी’ राखेको छ । तर राजधानीको समाचारमा विरोधको विषयमा समाचारमा खासै समेटिएको छैन । हिमालय टाइम्सले पनि कतै समर्थन र कतै विरोध भनेर उपशीर्षक राखे पनि विरोधको समाचार खासै प्रकाशित गरेको छैन । हिमालय टाइम्सले यो समाचारलाई विशेष महत्वका साथ प्रकाशित गरेको छ । कान्तिपुरले अनशन सुरु भन्ने शीर्षकमा मुख्य तस्बिरको मुनि दुई कोलम स्थान डा. केसीको समाचारलाई दिएको छ । समाचारमा डा. केसीको माग र उनलाई अस्पताल प्रशासनले दिएको दुःखलाई राम्रोसँग अभिव्यक्त गरिएको छ । 
 
डा. केसीको समाचारलाई अन्नपूर्ण पोस्टले तेस्रो पृष्ठमा प्रकाशित गरेको छ । उनका मागहरू के के हुन् भन्ने विषयमा पनि पोस्टले राम्रैसँग लेखेको छ । अन्य पत्रिकामा भन्दा पोस्टमा विरोधका स्वरलाई समाचारको अन्त्यमा अलि धेरै स्थान दिइएको छ ।
 
नयाँ पत्रिकाले प्रथम पृष्ठको मध्य भागमा डा केसीको समाचार प्रकाशित गरेको छ । डा. केसीका मागका विषयमा एक लाइन लेखिएको छ तर अख्तियार प्रमुखलाई महाभियोग लगाउनुपर्छ भन्ने माग भने उक्त समाचारमा उल्लेखै गरिएको छैन । 
 
सुशीला कार्की संसद्बाट सर्वसम्मत 
 
आजका दैनिक पत्रिकाले सुशीला कार्की सर्वोच्च अदालतको प्रथम महिला प्रधानन्यायाधीश पदमा सर्वसम्मत भएकी समाचारलाई मुख्य समाचार बनाएका छन् । प्रधानन्यायाधीशको लागि सिफारिस हुँदा र कायमुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत हुँदाभन्दा संसदीय सुनुवाइमा कार्कीले लिएको व्यावसायिक अडानले उनको व्यक्तित्व अझै निखारेको छ । कार्कीमाथि लागेका केही आरोप र उनको विचार आजका दैनिकले महत्वका साथ प्रकाशित गरेका छन् । यी विचार र अडानले सुशीला कार्कीलाई एक सफल प्रधानन्यायाधीशका रूपमा स्थापित गर्ने संभावना प्रशस्त देखिन्छ । 
कार्कीको समाचारलाई कान्तिपुर, हिमालय टाइम्सले मुख्य समाचार बनाएका छन् भने अन्नपूर्ण पोस्ट तथा गोरखापत्रले दोस्रो मुख्य बनाएका छन् । त्यस्तै राजधानी तथा नयाँ पत्रिकाले प्रथम पृष्ठको तल्लो स्थान दिएका छन् । नागरिकले समाचार रेखामा यो समाचार प्रकाशित गरेर बाँकी पृष्ठ २ मा प्रकाशित गरेको छ । 
 
माओवादीले सरकार छाड्ने कि सँगै अघि बढ्ने ?
 
आजका राजधानी र नयाँ पत्रिकाले दिएको मुख्य समाचार एक अर्काका विपरीत छन् । नयाँ पत्रिकाले माओवादीले छिट्टै सरकार छाड्ने तयारी भनेर आठ कोलमको मुख्य समाचार बनाएको छ भने राजधानीले करिब साढे तीन कोलमको समाचारमा सहमतिमै अघि बढ्न सत्तारुढ सहमत भनेको छ । नयाँ पत्रिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्का नेता कृष्णबहादुर महराको भनाइ प्रस्तुत गर्दै भद्र सहमति तोडिएको तथा वामपन्थी गठबन्धन नचल्ने भनाइलाई महत्व दिएको छ । राजधानीले भने यही समाचारमा बालुवाटारमा भएको सर्वदलीय बैठकमा सहमतिमै अघि बढ्ने सहमति भएको र माओवादीसँग भएको नौ बुँदे कार्यान्वयन नभएमात्र सरकारको विकल्प खोजिने समाचार प्रकाशित गरेको छ । 
 
सम्पादकीय
 
हिमालय टाइम्सले डा. केसीको अनशनका बारेमा सम्पादकीय टिप्पणी गर्दै उनको सबै मागलाई जायज भनेको छ । अख्तियार प्रमुख र अर्का एक आयुक्तमाथिको महाभियोगको मागले राजनीतिकरण भएको देखिएको जनाएको छ । टाइम्सले सरकारलाई डा. केसीको मागप्रति सदाशय देखाउन पनि आह्वान गरेको छ । 
 
अन्नपूर्ण पोस्टले आपूर्ति मन्त्री गणेशमान पुनले गरेको अनुगमनलाई मन्त्रीको ‘पपुलिज्म’ भन्दै नियम तथा कानुनको पालना गराउनुलाई महत्व दिनुपर्छ भनेको छ । नयाँ पत्रिकाले पनि यसै विषयमा सम्पादकीय लेखेको छ । नयाँ पत्रिकाले कार्टेल र सिन्डिकेट नतोडी, सरकारी कर्मचारीले चोरबाटोबाट ठगलाई दिने संरक्षण नियन्त्रण नगरी मन्त्रीभन्दा शक्तिशालीबाट अपराधीलाई गरिने संरक्षणको परम्परा नतोडी उपभोक्ताले बजारमा किन्ने सामानको गुणस्तरीयता विश्वासिलो बन्ने सुनिश्चित गर्न सकिन्न भनेको छ ।
 
छात्रवृत्ति कार्यान्वयनमा उदासीनता विषयमा सम्पादकीय लेख्दै कान्तिपुरले कलेजहरूले कसरी छात्रवृत्ति व्यवस्थालाई बेवास्ता गरेका छन् भन्ने देखाएको छ । नागरिकले रोजगारीका अवसर किन र कसरी खोल्नुपर्छ भनेर सम्पादकीय लेखेको छ । राजधानीले नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको हिन्दु राष्ट्र अभियानको विरोधमा सम्पादकीय लेखेको छ । गोरखापत्रले बजेट समयमै पास हुनुलाई सकारात्मक थालनी भनेको छ ।
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement