site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
काठमाडौंमै बाढीको रौद्ररूप, अनामनगर क्षेत्रमा रातभरमै बनायो बेहाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । “मध्यरात बाढी पस्यो, ज्यान जोगाउन घरको छतमाथि चढ्यौँ,” बुधबार मध्याह्न अनामनगरस्थित मदन भण्डारी कलेज पुग्दा ने क पाका नेता गुरु बराल लामो सास फेर्दै थिए ।

अविरल बर्षातका कारण जल सतह बढेपछि अनामनर र सिंहदरबारको पश्चिमढोका जोड्ने फलामे पूल भाँचेर नदी अनामनगर पूर्वतिर सोझिएको थियो । पूल भाँचिएर नदीमा तेर्सिएपछि बाढीले बगाएर ल्याएको फोहोर त्यहीँ अड्किएको र भेल बस्तीतर्फ सोझिएको प्रारम्भिक आँकलन छ ।

रुद्रमती (धोवी खोला) को पक्की सडक छिचोल्दै बस्ती पसेको बाढीले बराल बसेको घर पूर्णरूपमा डुबायो भने पूर्वमन्त्री भद्रा घलेको घरदेखि हनुमानस्थानसम्म डुबाउँदा एकैरातमा अर्बौंको क्षति पुग्न गएको सुरक्षा निकायले सुरूआती आकलन गरेको छ । यद्यपि नेपाल प्रहरी बिहानैदेखि बस्ती पसेर क्षतिको विवरण टिपिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले स्काभेटर लगाएर हिलोमाटो पन्छाइँदै गरेको काठमाडौँ महानगरपालिका १० नम्बर वडा कार्यालयले जनाएको छ ।

त्यस्तै बाढी पसेका स्कुल, कलेज पूर्णरूपमा बन्द छन् भने सशस्त्र प्रहरी र जनपथ प्रहरीले डुवानमा परेका घरहरूको मालसामान बाहिर ल्याउन सघाइरहेका छन् ।

Global Ime bank

चौँथो वितण्डा हो यो
 

रुद्रमतीको बाढी बस्तीमा पसेर वितण्डा मच्चाएको यो पहिलो घटना होइन । दुई वर्षअघि पनि अनामनगरबासीले यस्तै नियति बेहोरेका थिए । तर, अहिले त ज्यानै लैजालाजस्तो त्राहिमाम् बनायो ।
मदन भण्डारी फाउन्डेसनका अध्यक्षसमेत रहेका बराल भन्दै थिए, “यो सहितगरेर चारपटक रुद्रमतीले उठीबास लगाइसकेको छ ।”

“सामान्य पानी परिरहेको थियो, अचानक कुकर भुक्न थाले । गड्याङगुडुङ आवाज आयो,” उनले घटनाको बेलिबिस्तार लगाए, “के भयो भनेर यसो उठ्न खोजेको खाटको बिटसम्मै पानी आइसकेछ ।”
उनले भुइँतलको घरबाट ओभानो कुनै बस्तु निकाल्न नपाएको भन्दै ८० प्रतिशत सामग्री पूर्णतया नष्ट भएको जानकारी दिए ।

त्यस्तै उनले भद्रा घलेको घरदेखि हनुमानस्थानसम्म नदीको पूर्वपश्चिम दुवैतर्फ क्षति पुग्न कतै बाँकी नरहेको बताए ।

रुद्रमतीको यो रौद्र रूप किन ?
 

बुधबार मध्याह्न बाह्रखरी टीम अनामनगर क्षेत्र पुग्दा मदन भण्डारी कलेजको पश्चिमपट्टी जेसीबीले सडकमा बाढीले थुपारेको हिलो माटो नदीमा खसाल्दै थियो । 

स्थानीय इन्दिरा श्रेष्ठ प्रतिवाद गर्दै थिइन्, “हुँदैन, हुँदैन बाटाको माटो, फोहोर नदीमा हाल्ने हो भने भरे फेरि बाढी पसिहाल्छ नि ! बरु दिउँसोभरि यो माटो यहीँ सुकाऔँ, बेलुकीपख ट्रिपरमा हालेर कतै व्यवस्थापन गरौँ ।”
तर, उनको प्रस्तावलाई काठमाडौँ महानगरपालिकाले सुनेको नसुन्यै गर्यो र बाटोको माटो नदीमै खसालिरह्यो ।

बाढीमा बस्तीमा पस्नुको कारण नियाल्न यही घटना पर्याप्त छ । काठमाडौँका अधिकांश नदी अहिले डम्पिङ साइट हुन्  । सहर उत्सर्जन भएको फोहोरदेखि लेदोमाटो फाल्ने ठाउँ त्यही बनेका छन् । र एक झर पानी पर्नासाथ बाढी बस्तीतिर सोझिइहाल्छ । केही दिनअघि भक्तपुरमा हनुमन्तेले मच्चाएको वितण्डाको कारण पनि यही हो ।

नदीका मोडमा बालुवाको थुप्रो

पछिल्लो समय धोवी खोला भू–माफियाको मात्रै चङ्गुलमा परेको छैन ।  खोलाको मोडमा जम्मा भएका डङ्गुर बालुवाले पनि खोलाको प्राकृतिक बहाव मिचेका छन् । मदन भण्डारी कलेजअघिल्तिरको मोडमा थुप्रिएको बालुवा बेलैमा सफा नगरिँदा नदी बस्तीमा बसेको बराल बताउँछन् ।
“यी यहाँ हेर्नुहोस्,” बरालले मोडमा चाङ लागेको बालुवा र फोहोर देखाउँदै भने, “नाला सफा गरेझैँ बेलाबेला नदीसमेत सफा गर्ने हो भने, खोलाले बहाव पाउँछ ।” त्यसबाहेक वर्षातको पानीको घनमिटर हेरेर नदीको फैलावट तय गरिनुपर्ने बताउँदै महानगरपालिका र सडक विभागले तयार पारेका संरचनासमेतले नदीको बहाव मिचेको उनको ठहर छ ।
त्यस्तै उनले वर्षात्कै बेलाको नदीको बहाव हेरेर सोही आधारमा नदीका दुवै किनारामा रिटेनिङ वाल लगाउनसमेत सुझाए ।

निर्माणाधीन पुलका बिम बाढी वितण्डाका कारण 

काठमाडौँका हरेकजसो नदीमा पक्की पुल निर्माणाधीन छ भने बिजुलीबजार, बबरमहल जोड्ने बाटोमा ‘आर्क ब्रिज’ निर्माणाधीन छ ।  सोही आर्क ब्रिजमा तल पट्टी राखिएको बिमका कारण नदीको बहाव फर्किएको बरालको ठहर छ ।
“एक त पुल बनाउने क्रममा नदी साँघुरो बनाइएको छ,” उनी भन्छन्, “अर्कोतिर पुल बलियो बनाउन तल ठूल्ठूला बिम तेस्र्याइन्छ, अन्तिममा बाढी आउँदा भेल बिममा ठोक्किएर बस्तीमा सोझिन्छ ।”

त्यस्तै स्थानीयसबाी इन्दिरा श्रेष्ठले नदी तटीय क्षेत्रमा बहाव मिचिने गरी सडकलगायत कुनै पनि पूर्वाधार बनाउन नहुने बताइन् । “खोला देख्नै हुँदैन, दुवैतिर बाटो बनाउन हतार भइहाल्छ । मानिसले बाटो पाए तर नदीले बग्ने बाटो पाएन,” उनको भनाइ थियो ।
उनले नदीमा बालुवा, घाँस, फोहोरमैला थुप्रिएर गहिराइ घट्दै गएको भन्दै बर्षेनी नदी सफा गर्न सम्बन्धित निकायको ध्यानकर्षणसमेत गराइन् ।

प्रहरी भन्छन्– रातभरि रुवाबासी
 

नदीको बहाव मध्याह्न बाह्र बजेदेखि बढेको भए पनि बिहान ३ बजेतिर खोला गाउँ पसेको अनामनगर क्षेत्रमा खटिएका प्रहरी सहायक निरीक्षक अजयकुमार ठाकुरले बताए । उनका अनुसार मध्यरात बाढीले बस्ती डुबाएपछि रुवाबासी मच्चिएको थियो । कतिपय ज्यान जोगाउन बिजुलीबजारको पुलतिर सोझिएका थिए भने कति घरको छतमा चढेका थिए ।

धोवी खोलाले बर्षेनी कटान र डुवानको समस्या निम्त्याउने भए पनि यसप्रकारको वितन्डा पहिलोपटक भएको उनको भनाइ थियो ।
उनले कतिपय ठाउँमा पानी नघटेकाले क्षतिको आकलन हुन नसकेको र बेलुकासम्म लगत उतारिने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC