site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निजी स्कुलले सार्वजनिक सवारी प्रयोग गर्दा यात्रुलाई सकस
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  भाडाका सवारी साधनले निजी स्कूल तथा कलेजका विद्यार्थी बोक्न थालेपछि सर्वसाधारणलाई बिहान÷बेलुकी गन्तव्यमा पुग्न  निकै सकस हुने गरेको छ ।
 
काठमाडौं उपत्यकामा रहेका निजी विद्यालयले आफ्ना सवारीसाधन विक्री गरेर विद्यार्थी ओसार्न सार्वजनिक बस भाडामा लिन थालेपछि यात्रु मर्कामा परेका हुन् ।
 
 
उपत्यकाका नाम चलेका विद्यालय सेन्ट जेभियर्स, सेन्ट मेरिज, लिटल एन्जेल्स, डिएभी लगायत विद्यालयले करिब बाह्रसय सार्वजनिक बस तथा माइक्रो भाडामा लिएर चलाइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
 
 
विहान ८देखि ९ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सडकमा चल्ने भाडाका गाडीहरुले निजी विद्यालयका विद्यार्थी बोक्ने गरेका कारण यात्रुहरुलाई असहज भएको महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले बताए ।
 
 
डिआईजी अर्यालले बाह्रखरीसँग भने, “यात्रु बोक्ने १२ सय गाडीहरु दैनिक स्कूलले होल्ड गर्ने गरेका छन् । अझ बिहान कार्यालयको समय र बेलुका कार्यालयबाट घर जाने समयमा स्कूलले बस होल्ड गर्दा यात्रुलाई असर परेको छ ।”
उनले सार्वजनिक यातायातमा विद्यार्थी राख्दा त्यसको असर झनै पर्ने बताए ।
 
 
“यात्रु बोक्ने चालकले बालबालिका बोक्दा कस्तो असर पर्ला ?,” उनले भने, “एक जना यात्रु आफ्नो बसमा राख्न मरिहत्ते गर्ने बानी परेका सवारी चालकले बसभरि बिद्यार्थी बोकेको क्षण भुल्दै यात्रु नै सम्झन्छन् ।”
 
 
भाडाका अधिकांश बस नाम चलेका विद्यालय परिसरमा लामवद्ध हुने हुँदा  रत्नपार्क, न्युरोड, बानेश्वर, कोटेशवर, त्रिपुरेश्वर लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारण विहान बेलुका बस कुरेर घण्टौं बस्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
 
 
ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले पनि यात्रु बस निजी विद्यालयले प्रयोग गर्दा यात्रु समस्यामा परेको बताउँछन् । 
 
उनले यसले गर्दा बिहान र बेलुका यात्रु लामो समय बाटोमा रोकिनुपरेको र कोचिएर यात्रा गर्न बाध्य भएको बताए ।
 
 
निजी विद्यालय सञ्चालक तथा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले पनि सार्वजनिक सवारीसाधन निजी विद्यालयले होल्ड गर्न नहुने धारणा राखे ।
 
“सर्वसाधारणले प्रयोग गर्ने सवारी साधन यसरी होल्ड गर्न मिल्दैन,” प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने, “निजी विद्यालयले आफ्नो लागि बसको ब्यवस्था आफैँ गर्नुपर्छ । यसबारेमा हामी छलफल गर्छौं ।” 
 तस्बिर : रोजित खड्का 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC