site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विज्ञानले कसरी काम गर्छ ? 

विज्ञान मानव विकासको अभिन्न भाग हो । ढुंगे युगदेखि एक्काइसौं शताब्दीसम्म आइपुग्दा विज्ञानले गरेको मानवको कल्याण र खती निकै बढेको छ । जीवनको सबै पक्ष विज्ञानकै छायामा बित्ने जमानामा पनि विज्ञानमा विश्वास नगर्नेको कमी छैन । विज्ञान मंगल ग्रहमा पठाइने रकेट, धेरैले नबुझ्ने गुरुत्वाकर्षणको हिसाब र धेरैले नपत्याउने पृथ्वी तथा सारा जनावरको क्रमिक विकासको सूत्रमात्र हैन । घरमा आफ्नो कोठामा सोफामा बसेर ल्यापटपमा पढ्दै गरेको यो ब्लगमा पनि विज्ञान छ । नेपालमा बसेर एउटा प्लास्टिक र फलामले बनेको सानो उपकरणमा “ह्यालो“ भन्दा अमेरिकामा उही बेला सुनिनु पनि विज्ञानै हो । ल्यापटपको किबोर्डमा थिच्दा आफूले खोजेकै स्क्रिनमा आउनु पनि विज्ञान हो ।

विज्ञान भनेको के हो?
 

विज्ञान एउटा प्रक्रिया हो । विज्ञान प्राकृतिक संसार बारे जान्न निरन्तर लागेको वैज्ञानिकका लागि एउटा माध्यम हो । विज्ञान प्राकृतिक संसारको सबै रहस्य बुझ्न चाहने मानव प्रयास हो ।  धेरै पुस्तकमा ‘थेल्स अफ मिलेटस’लाई पहिलो वैज्ञानिक भनिएको पाइन्छ । विज्ञान कहाँबाट सुरु भयो र कस्ले सुरु गरेको थियो भन्ने विषयमा विवाद हुनु आश्चर्य हुँदैन । किनभने माथि भनेजस्तै विज्ञान एउटा प्रक्रिया हो । ढंगे युगमा (करिब ७लाख ५० हजार वर्षअगाडि) प्रागैतिहासिक मानवले पांग्राजस्तै गुड्ने गोलो आकारको आविष्कार गनु विज्ञान हो र ३ हजार ५०० इसापूर्वमा मेसोपोटामियामा सामान ओसारपोसार गर्न पांग्र्राको आविष्कार हुनु पनि विज्ञानै थियो । अधिकारिकरुपमा विज्ञानको सुरु गर्नेहरूमा प्राचीन ग्रिकहरुको नाम आउँछ । तर धेरै पक्षमा विज्ञानको आरम्भ धेरै अगाडि भइसकेको मान्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञानले कसरी काम गर्छ?

एरिस्टोटल, अर्किमिडिसदेखि न्युटनसम्म विज्ञानको प्रक्रिया सधैँ एउटै रहेको छ । विज्ञानमा विश्वास नगर्नेहरु प्रायः भन्ने गर्छन् – कुनै जमाना वैज्ञानिकले पृथ्वी ब्रह्मांडको बीचमा छ र सूर्य पृथ्वीको वारीपरी घुम्छ भन्थे । ती वैज्ञानिक गलत ठहरिए । अहिले वैज्ञानिकले भनेका कुरा पनि गलत होइन भनेर भन्न किन सकिँदैन? तर वैज्ञानिक प्रक्रिया स्थिर हैन गतिशील हुन्छ । वैज्ञानिक सिद्धान्तअनुसार कुनै पनि प्रक्रिया वा वैज्ञानिक विधिमा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण गुण त्यो कुरा गलत तुलाउन सक्नुपर्छ भन्ने हो । कुनै पनि विषय गलत तुलाउन सकिने नै छैन भने त्यो विज्ञानको दायरामा पर्दैन । विज्ञानको सबैभन्दा पहिलो प्रक्रिया प्रश्न हो । त्यही प्रश्नमा आधारित भएर वैज्ञानिकहरुले एउटा ‘परिकल्पना’ बनाउँछन् । परिकल्पना (हाइपोथेसिस) परीक्षण गर्न सकिने पूर्वधारणा हो । यसको प्रमुख विशेषता यसलाई गलत तुलाउन सकिने हुनुपर्छ ।

Global Ime bank

गलत तुलाउन नसकिने छ भने त्यो वैज्ञानिक हाइपोथेसिसमै पर्दैन । हाइपोथेसिस बनेपछि विभिन्न विधिको प्रयोगले त्यसलाई ठीक वा बेठीक तुलाइन्छ । प्रयोग गरेको विधिले ठीक देखाए आफ्नो अवधारण सही रहेको र बेठकि भएमा गलत मानिन्छ । अवधारणा सही भएको पुष्टि हुन उही विधिमा प्रयोग गर्दा परिणाम दोहोरिनुपर्छ । संसारको जहाँबाट पनि उही विधिमा परीक्षण गर्दा परिणाम दोहोरिए बल्ल त्यो तथ्य हुनपुग्छ । 

यसरी वैज्ञानिक सिध्दान्तको विकास हुन्छ ।

विज्ञान बारे हुने गलत धारणामा सबैभन्दा धेरै विवादा सिध्दान्त र तथ्यबीच हुन्छ । धेरैले सिध्दान्त भन्दा ठीक सिद्ध भइनसकेको र गलत ठहरिन सक्ने विषय हो भन्ने बुझ्छन् । तर, त्यो सही हैन । कुनै पनि वैज्ञानिक सिध्दान्त वा तथ्य मानिनका लागि त्यसलाई अस्वीकार गर्न नसकिने प्रमाण हुनुपर्छ । 

अनुमान र सिद्धान्तमा फरक हुन्छ । हाइपोथेसिस एउटा अनुमान हो भने सिद्धान्त तथ्य हो । हाइपोथेसिस प्रमाणित भएपछि तथ्य हुन्छ । र, त्यस सिद्धान्तको आधारमा संसारको कुनै प्रक्रियालाई वा आफ्नो प्रश्नले उत्तर दिएको कुरालाई तथ्य बनाइन्छ । धेरै जनाले तथ्य र सिद्धान्तलाई भिन्न मानेको देखिन्छ । त्यही आधारमा सिद्धान्तलाई तथ्यको रुपमा नलिएको पाइन्छ । तर, कुनै वैज्ञानिक अवधारणा सिद्धान्त प्रमाणित भएपछि तथ्य हुन्छ । सिद्धान्त भनेको एउटा भनाइ हो र त्यो सही या गलत हुन सक्छ भन्ने अनुमान नै आफँैमा गलत हो । सिद्धान्त बन्नलाई नै पहिले त्यो गलत र सहीको बाटोबाट आइसकेको हुनुपर्छ ।

जर्म थ्योरी अफ डिजिज, थ्योरी अफ रिलेटिभिटी, बिगब्यांग थ्योरी, थ्योरी अफ इभोलुसन सबै पूर्णरुपमा प्रमाणित भएरमात्र सिद्धान्त बनेका हुन् । अहिलेसम्म ती सिद्धान्तलाई अरु सिद्धान्त गलत सिद्ध नगरेकाले तिनलाई स्वीकार गरिएको छ । कुनै दिन तिनलाई गलत सिद्ध भए फेरिन सक्छ । 

क्रमिक विकासको सिद्धान्तलाई किन सिद्धान्त मानिएको हो भन्ने विषयमा एउटा उदाहरण – प्राणीहरुको विकासको प्रमाण खोज्दा अरु कुनै सिद्धान्तले यसलाई गलत साबित गर्नसकेको छैन । कतिपयले यसलाई नबुझीकनै वा वैज्ञानिक तर्क नदिईकनै गलत पनि भन्छन तर वैज्ञानिकहरुले सयौं वर्ष खोजी गरेर यो सिद्धान्त पत्ता लगाएका हुन् । क्रमिक विकासको सिद्धान्तलाई गलत सिद्ध गर्न सिलुरियन कालमा मानव जातीको जीवाश्म खोजेर देखाइदिए हुन्छ । त्यसो हुन सके कुनै वैज्ञानिकले विरोध गर्नेछैन र पत्ता लगाउनेले नोबेल प्राइज त पाउँछ नै चार्ल्स डार्विनजस्तै विश्वप्रख्यात हुनेछ । 

त्येसै गरी ‘बिग ब्यांग’को सिद्धान्त पनि सयौं वर्ष लगाएर वैज्ञानिकहरुले थाहा पाएको प्रमाणमा आधारित सिद्धान्त हो । हजारौं अनुसन्धानको फल हो त्यो  सिद्धान्त । 

विज्ञानम सिद्धान्त स्थापित गर्ने एउटा पद्धति हुन्छ । आफूले पत्ता लगाएकै भरमा तथ्य भन्न मिल्दैन । पहिलो त्यो दोहो¥याउन सकिने हुनुपर्छ । आविष्कार एउटा अनुसन्धान पत्रको रुपमा लेखिन्छ र त्यसलाई धेरै वैज्ञानिकले समीक्षा गर्छन् । अनुसन्धानमा प्रयोग भएको प्रणाली ठीक देखिएमा र परिमाण दोहोरिन सक्ने देखिएमामात्र त्यो स्वीकार गरिन्छ । 

विज्ञानको सिद्धान्त स्थापित गर्ने क्रममा सबैभन्दा गाह्रो पक्ष प्रकाशन मानिन्छ । किनभने त्यसमा आएका परिणाम सार्वभौमिक हुनुपर्छ र जतिपटक दोहो¥याए पनि सोही उत्तर आउनु पर्छ । कुनै प्रतिष्ठित जर्नलमा प्रकाशन गर्न सकिएमा विज्ञानमा ठूलै उथल्पुथल ल्याउन सक्छ । न्युटन, आइन्स्टाइन, डार्विनलाई साँच्चै गलत साबित गर्न सके त विश्वविख्यात हुन्छ । 

(अमेरिकामा प्राणी विज्ञान विद्यावारिधि शोधार्थी)  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC