site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान दिवस हतार हतार मनाउँदै, विदेश जाँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । व्यवस्थापिका–संसद्ले आज संविधान दिवस मनाउँदैछ । संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय थियो । सरकारले सोमबार संविधान दिवस मनाउने घोषणा गरे पनि संसद्ले भने आज मनाउन लागेको हो ।
संसद् सचिवालयले आइतबार दिउँसो संविधान दिवस मनाउने तयारी गरेको हो । 
त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी पनि पूरा गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संवैधानिक नियोगका प्रमुख, पूर्वसांसदहरू लगायतलाई आमन्त्रण गरिएको छ ।
संसद् सचिवालयका सह–प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । संसद् सचिवालयको कार्यक्रम सक्नासाथ सभामुख ओनसरी घर्ती भने राती नै चीन प्रस्थान गर्ने भएकी छन् ।
सिल्करोड सम्बन्धी एक्स्पोमा सहभागी हुन उनले ८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राती ११ बजे चीन जान लागेको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइपुग्न समय लाग्ने भएर सचिवालयले दिउसो चार बजे विशेष कार्यक्रम आयोजना गरेको हो ।  संविधान दिवसको मूल कार्यक्रम सोमबार हुने भएको छ । सरकारले सोमबार विहान भव्यताका साथ संविधान दिवस मनाउने भएको छ । विहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मुल समारोह समितिको विशेष कार्यक्रम हुनेछ ।
संविधान दिवसको विशेष समारोहमा सहभागी भएर प्रधानमन्त्री दाहाल सोमबार नै अमेरिका प्रस्थान गर्दैछन् । उपराष्ट्रपति नन्द किशोर पुन भेनेजुयला पुगेका छन् भने पुर्वराष्ट्रपति डा. रामवरण यादव पनि आजै अमेरिका जाँदैछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !