site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा अप्रिलमा ७७ आक्रमण : ७० जनाको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानमा ७७ ‘आतंकवादी’ हमलाबाट गएको अप्रिलमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ सर्वसाधारण, ३१ सुरक्षा बलका कर्मचारी र चार विद्रोही छन् । ६७ जना घाइते भएका छन् ।

पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिजले आफ्नो मासिक मूल्यांकन प्रतिवेदनमा यसबारे जनाएको छ । गएको मार्चमा भने ५६ आतंककारी हमला भएको थियो । त्यसक्रममा ७७ को मृत्यु र ६७ जना घाइते भएका थिए ।

यसले लडाकु हमलाको संख्यामा ३८ प्रतिशतले वृद्धि भएको संकेत गर्छ । यद्यपि, मृत्यु संख्यामा नौ प्रतिशतले कमी आएको छ ।

धेरै सम्भावित आक्रमण विफल पार्न पाकिस्तानी सुरक्षा बलको प्रयासलाई पनि प्रतिवेदनमा समेटिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro