site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा बस खोलामा खस्दा १५ जनाको मृत्यु, २२ घाइते
तस्बिर : सिन्ह्वा ।

काठमाडौं । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रबार यात्रीवाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।

जीबीका मुख्यमन्त्रीका प्रवक्ता फैजुल्लाह फाराकले दुर्घटनाग्रस्त बस यशु खेल दास क्षेत्रमा मोड्ने क्रममा खोलामा खसेको जनाएका छन् ।

Dabur Nepal
NIC Asia

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले आशंका गरेका छन् । बस देशको पूर्वी ग्यारिसन सहर रावलपिंडीबाट हुनजा जिल्लातर्फ गइरहेको थियो ।

तीव्र गतिका कारण मोडमा बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro