site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुन ‘तस्करी’ का पुराना फाइल पनि खोतल्दै समिति, के हो ‘गोरे’ र पूर्वडीआईजी निरौलाको ‘कनेक्सन’ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वडीआईजी गोविन्द निरौला ०७३ पुसमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको साढे ३३ किलो सुन प्रकरणमा जोडिएपछि पक्राउ परेको खुलासा भएको छ । यसअघि सीआईबीको टोलीले पक्राउ गरेको साढे ३३ किलो सुन र माघमा हराएको भनिएको ३३ किलो सुनको कनेक्सनमा निरौलाको संग्लनता देखिएपछि उनी पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सीआईबीले ०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलव ४० ग्राम सुन बरामद गरेको थियो । 

त्यो सुन तस्करीमा लगानी चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेलको संग्लनता रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट देखिएको थियो । त्यसपछि गोरे फरार रहँदै आएका थिए । तत्कालीन अवस्थामा विमानस्थलमा प्रहरी इञ्जार्जका रुपमा रहेका डीआईजी गोविन्द निरौलासहित एसएसपी श्याम खड्कालाई समेत उक्त घटनामा मुछिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही घटनामा सीआईबीले हेडक्वार्टरबाटै एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको थियो । भन्सार कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परेका थिए । यद्यपी साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल ‘रोशन’ भुसाल र हरि खड्का भएको सीआईबीले जनाएको थियो । 

केन्द्रिय अनुसन्धान ब्यूरोले साढे ३३ किलो सुन तस्करीमा संग्लन भएको बताउँदै एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको थियो । स्रोतका अनुसार त्यतिबेला सीआइबीको टोलीले तत्कालीन डीआईजी गोविन्द निरौलालाई समेत पक्राउ गर्न खोजेको थियो । निरौला ०७२ माघ २१ गतेदेखि ०७३ फागुन ९ गतेसम्म एयरपोर्टको इञ्जार्जको रुपमा कार्यरत थिए । निरौला ०७२ चैत २८ गते अनिवार्य अवकाशमा सेवाबाट बाहिरिएका थिए । निरौलालाई आइतबार साँझ पक्राउ गरि आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । स्रोतका निरौलासँग समितिले बयान लिइसकेको छ ।

Global Ime bank

बयानपछि मुद्दा चलाउने अवस्था देखिए उनलाई मोरङ लगिने स्रोतले बाह्रखरीलाई जानकारी दियो । स्रोतका अनुसार यस घटनामा अन्य बहालवाला प्रहरी अधिकृतलाई पनि बोलाउने तयारी गरिएको छ । विमानस्थलमा कार्यरत प्रहरीलाई बोलाएर बयान लिने तयारी भएको प्रहरी स्रोतले जानकारी दियो । 
उनीहरुलाई पक्राउ गर्ने वा अपराध महाशाखाका एसएसपी दिवेश लोहनीजस्तै हेडक्वार्टरमा तानेर अनुसन्धान गर्ने भन्ने विषयमा समिति निष्कर्षमा पुगिनसकेको बताइएको छ ।

गोरे र पूर्वडीआईजी निरौलाको कनेक्सन 

आइतबार पक्राउ परेका पूर्वडीआईजी निरौलाले अनुसन्धान समितिलाई गोरेका बुबा नेत्र उप्रेती र आफु साथी भएको बयान दिएको अनुसन्धान स्रोतको दाबी छ । गोरेको पारिवारीक स्रोतका अनुसार गोरेका बुबा नेत्र उप्रेती र गोविन्द निरौला सँगै नेपाल प्रहरीमा भर्ना भएका थिए । पछि निरौलाले २०४४ चैत २९ गते प्रहरी निरीक्षकमा नाम निकालेका थिए । नेपाल प्रहरीका एकजना अधिकारीका अनुसार ३३ किलो सुन प्रकरणमा हत्या गरिएका सनम शाक्यको एक भिडियो फेला परेको छ ।

भिडियोमा निरौलाको नाम लिएको देखिएको छ । त्यही भिडियोका आधारमा पनि निरौला अनुसन्धानको घेरामा परेका हुन् । अनुसन्धान समितिले २ ओटा सुन प्रकरणसँग जोडेर घटनाको अनुसन्धान गर्न थालेपछि बहालवाला प्रहरीका तल्लो दर्जादेखि माथिल्लो दर्जाका अधिकारीहरु अझै पनि पक्राउ पर्न सक्ने स्रोतको दाबी छ ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !