site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वर्षाको सम्भावना भोलिभन्दा पर्सि बढी, काठमाडौंमा के छ स्थिति ?
काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीबाट शनिबार दिउँसो देखिएको काठमाडौं उपत्यकाको दृश्य । तस्बिर : हरिराम भेटुवाल/रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो साता देशका केही स्थानमा ‘मध्यम’सम्म वर्षाको सम्भावना छ । आइतबार (भोलि)भन्दा सोमबार (पर्सि) वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा हुने मौसमी गतिविधि सोमबारदेखि बढ्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । “सोमबारदेखि रेनफल (वर्षा)को गतिविधि बढ्ने देखिन्छ,” उनले बाह्रखरीसित भने, “आइतबारभन्दा सोमबार वर्षाको सम्भावना बढी छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।”

बिहीबार र शुक्रबार (हिजो र अस्ति)को तुलनामा मौसममा प्रभाव भने शनिबार नै परिसकेको उनले बताए । यस दिन बादल बढेको र तुलनात्मक रूपमा तापक्रम घटेको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“आजै बादल लागेको छ, शीतल भएको छ,” उनले भने, “बदलीका कारण हिजोअस्तिभन्दा तापक्रम घटेको छ ।”

तर, शनिबार बेलुका ७ बजेसम्म कतै वर्षा रेकर्ड नभएको उनले बताए । “हामीले दैनिक मोनिटरिङ गर्ने सिनोप्टिक केन्द्रमा वर्षा रेकर्ड भएको छैन । यस्तो केन्द्र २० वटा छन्,” उनले भने, “अटोमेटिक वेदर स्टेसनबाट पनि हेर्न सकिन्छ, तर त्यसमा पनि वर्षा भएको देखिएको छैन ।”

Global Ime bank

आइतबार देशका धेरै स्थानमा बदली (आकाशमा बादल)को भने सम्भावना रहेको उनले बताए । “भोलि (आइतबार) दिउँसो कोसी प्रदेशका थोरै र अरू एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ठूलो वर्षा होइन,” उनले भने, “भोलि दिउँसो तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।”

तुलनात्मक रूपमा सोमबारदेखि वर्षाको सम्भावना बढी रहेको उनले प्रस्ट पारे । आउँदो बुधबार, बिहीबार वर्षाको सम्भावना अझ बढी रहेको उनको भनाइ छ ।

“सिस्टमले केही संकेत गरे पनि हामीले तीन दिनको पूर्वानुमान सार्वजनिक गर्ने गरेका छौँ,” उनले भने, “तर, हाम्रो साप्ताहिक कृषि मौसम बुलेटिन हेर्नुभयो भने त्यहाँ बुधबार, बिहीबार वर्षाको सम्भावना अलि बढी देखिन्छ ।”

काठमाडौंमा पनि आइतबार वर्षाको सम्भावना नरहेको उनले बताए । आउँदो साता काठमाडौंमा वर्षाको सम्भावना भने रहेको उनले स्पष्ट पारे । “भोलि (आइतबार) छैन । तर, यो अवधि (आउँदो बिहीबारसम्म) काठमाडौंमा वर्षा हुन सक्ने देखिन्छ,” उनले भने ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

शनिबारको तापक्रमको विवरण–

qwfmdkgm-1714832381.JPG
 

महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

मौसम विश्लेषण (Meteorological Analysis):                                              
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status):
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मुख्यतया मौसम सफा रहेको  छ।

२०८१ बैशाख २२ गते (शनिबार)
राती ː कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

२०८१ बैशाख २३ गते (आइतबार)
दिउँसो ː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
 
राती ː  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।
 
२०८१ बैशाख २४ गते (सोमबार)
दिउँसो ː कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।
 
राती ː कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।
 
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना पनि रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement