site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको बिहिबार काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटना गुपच्ुप राख्ने प्रहरीका सई निलम्बनमा परेका छन् भने वृत्तका प्रमुख डीएसपीलाई महानगरीय प्रहरी परिसरमा तानिएको छ । 

त्यसैगरी घटना लुकाउनमा संलग्न प्रहरी निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको प्रहरीले जनाएको छ । घटनाको छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा समिति गठन भएको थियो । समितिको अनुसन्धानपछि वृत्तमा कार्यरत सई चन्द्र भण्डारीले घटना लुकाउनमा मुख्य भूमिका खेलेको भन्दै उनलाई निलम्वन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार अभियुक्तसँग मिलेर बलात्कारको घटनालाई लुकाउन खोज्ने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई थुनामा राखिएको छ भने डीएसपी तिलक भारतीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी प्रहरी परिसरमा तानिएको छ । 

“गम्भीर प्रकृतिको घटना माथिल्लो निकायमा रिपोर्टिङ नगरी लुकाउनु गलत नियत देखियो,” एसएसपी धानुकले भने, “अनुसन्धान गर्नकै लागि समिति बनेको छ, अनुसन्धान हुँदैछ ।”  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !