site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओलम्पिक खेल आयोजना हुने शहरको पानीमा सुपर ब्याक्टेरिया फेला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
रियो दि जेनेरीयो । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुद सुरु हुन् एक महिना मात्र समय बाकी छ । यसपटकको ओलम्पिक ब्राजिलको राजधानी रियो दि जेनेरीयोमा अगस्टबाट सुरु हुदैछ । तर, रियो ओलम्पिक हुने शहर रियो दि जेनेरीयोको समुन्द्र तटका किनारामा रहेको पानीमा सुपर ब्याक्टेरिया फेला परेको अन्तर्राष्ट्रिय समाचार सस्थाहरुले जनाएको छ ।
 
समर ओलम्पिक रियो खेल सुरु हुनु ठिक एक महिना मात्रै बाँकी रहदा ब्राजिलका वैज्ञानिकको एक समूहले समुन्द्र तटका किनारामा रहेको पानीमा सुपर ब्याक्टेरिया फेला पारेको अन्तर्राष्ट्रिय समचार सस्था सिएनएनले जनाएको छ । समचारमा जनाइए अनुसार वैज्ञानिकले फेला पारेको सुपर ब्याक्टेरिया किटाणु औषधि प्रतिरोधी भएको बताइएको छ । 
 
वैज्ञानिकहरुको अध्ययनमा सुपर ब्याक्टिेरियासँगै अन्य खतरनाक किटाणुहरु फेला पारेको बताइएको छ । ती किटाणुहरुको मुख्य कारण प्रदुषण भएका वैज्ञानिकको दाबी रहेको छ । अनुसन्धानमा सामेल वैज्ञानिक मुख्य खोजकर्ता रेनाटो पिकाओले स्थानीय अस्पतालबाट निस्कने फोहोरको ढल नदी किनारामा मिसाएसँगै  यस किटाणु पानीमा पुगेको बताएकी छिन् । उनले आफूहरुले विगत एक वर्षदेखि ब्राजिलका विभिन्न समुन्द्रमा सुपर ब्याक्टेरिया भए नभएको भनी अध्ययन गरेको र ल्याबबाट ब्याक्टेरिया भएको पुष्टि भएको बताइन । 
 
“स्थानीय अस्पतालबाट आएका फोहोर ढलले गर्दा “सुपर ब्याक्टेरिया“ किटाणु शहरको पानीमा पसेको हो,” रेनाटो पिकाओले सीएनएनसंग भनेकी छिन, “हामीले यो एक बर्षको अवधिमा पाँचबढी समुन्द्रमा अनुसन्धान गरेका थियौँ। त्यसमा हामीले ’सुपर ब्याक्टेरिया’ भाइरस पायौँ । त्यसबाहेक हामीले अन्य धेरै खतरनाक किटाणुहरु पाएका छौ ।” अनुसन्धान कर्ता रेनाटो पिकाओले रियो सहरमा बढेको जनसंख्या वृद्धिसंगै यस्ता किटाणुहरु बढेको समेत बताइन ।
 
रियो ओलम्पिक आगामी अगस्ट ५ बाट सुरु भई अगस्ट २१ मा सकिने छ । तर, रियो ओलम्पकका लागि खेलाडी तथा खेलप्रेमीहरु रियो आउने तयारी गरिरहँदा यस्तो समाचार बाहिर आएको हो । यसअघि पनि जीका भाइरसको महामारी फैलिएपछि रियो ओलम्पिक हुने नहुनेमा विवाद रहँदै आएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC