site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवन पुगेका प्रचण्डलाई एमाले नेताको स्वागत, भन्छन्– कांग्रेससँग पनि सहकार्य तोडिसकेको छैन 
Sarbottam CementSarbottam Cement

चितवन । कम्युनिष्ट गठबन्धन बनेपछि पहिलोपटक चितवन आएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट गठबन्धनलाई वर्तमान समयको विशेषताको रुपमा अथ्र्याएका छन् । 

वैशाखमा स्थानीय तहको निर्वाचनका बेला चुनावी कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवासँग एउटै मञ्चमा उभिएर प्रचण्डले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन नयाँ राजनीतिक प्रयोग र कठोर गठबन्धन भनेका थिए । त्यही बेला प्रचण्डले नयाँ युगको शुरुआत भनेर छोरी रेणु दाहाल जिताउन कांग्रेस कार्यकर्तालाई रिझाउने प्रयास समेत गरेका थिए । 

कांग्रेस सभापति देउवाले पनि संघीय निर्वाचनसम्मै सहकार्य अघि बढ्ने बताएका थिए । त्यो बेला प्रचण्ड प्रधानमन्त्री थिए । अहिले देउवा प्रधानमन्त्री छन् । तर यी दुई नेता दुई ध्रुबमा बाँडिन ६ महिना लागेन । एकाएक गठबन्धन तोडेर अर्को गठबन्धनमा पुगे प्रचण्ड । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछिको आज चितवनमा पहिलो पत्रकारसँगको भेटघाटमा उनले वैचारिक हिसावले पनि एकता आवश्यक भएको जिकिर गर्दै त्यही सहमतिका साथ गठबन्धन तयार भएको दावी गरे । 

प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उमेदवारी दिने पक्काजस्तै भएको छ ।

Global Ime bank

उमेदवारको मनोनयन दर्ता शुरु हुन तीनदिन मात्रै बाँकी रहँदा समेत टुंगो लगाउन गठबन्धन सफल भएको छैन । चितवनमा आज पत्रकारसँगको भेटघाटनमा उनले उमेदवारका विषयमा खासै समस्या नरहेको दाबी गरे पनि एमाले र माओवादी नेताको आ–आफ्नै दावीका कारण समस्या परेको संकेत गरे ।

चितवनको क्षेत्र नम्बर २ मा एमालेले सर्वसम्मत रुपमा हालका सांसद कृष्णभक्त पोखरेललाई सिफारिस गरेको थियो । 

सोही क्षेत्रमा संविधानसभामा जितेका माओवादी नेता रामबहादुर थापा बादल पनि उठ्ने अडान यथावत छ । त्यही विवादले धेरै उमेदवार छनोट रोकिएको हो ।  प्रचण्डले ८,१० स्थानमा उम्मेदवार चयन गर्न बाँकी रहेको जनाए । 

चितवनको भरतपुरमा प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार सम्मेलनमा दाहाल सहभागि थिए । त्यसअघि एमाले र माओवादीका जिल्लादेखि केन्द्रसम्मका नेताहरुले भरतपुर विमानस्थलमा आएर प्रचण्डको भव्य स्वागत गरेका थिए ।

त्यसपछि पत्रकारसँग अध्यक्ष प्रचण्डले नेपालका ८,१० स्थानमा उमेदवारको टुंगो लाग्न बाँकी भएको भन्दै बेलुकासम्ममा टुंगो लाग्ने बताए । “छलफल चलिरहेको छ, जटिल भएर पनि हैन, समय असाध्यै चाप भएर हो, सम्भवतः आज बेलुका मेरो र नेकपा एमाले अध्यक्ष केपी ओलीको बैठक छ, त्यो बैठकबाट टुंगो लाग्छ,” उनले भने । 
 
मतपत्रको विषयमा केही आशंका भए पनि अहिले टुंगिसकेको भन्दै उनले आशंका लिनुपर्ने आवश्यकता नरहेको समेत दावी गरे । पश्चिम चितवनको एउटा स्कुलको कार्यक्रममा सहभागी हुन प्रचण्ड चितवन आएका हुन्  । 

विगतमा कांग्रेससँगको गठबन्धन तोडिएको विषयमा प्रष्टसँग प्रचण्डले केही भनेनन् । आरोप प्रत्यारोपमा संयमित देखिएका प्रचण्डले हरेक पार्टीले आ–आफ्नै हितलाई प्राथमिकता दिएर तालमेल गर्ने गरेको समेत बताए ।

उनले अहिलेको गठबन्धन भने फरक किसिमको रहेको बताए । “अहिलेको नयाँ कुरा भन्या के हो भने बाम एकता र गठबन्धन गर्ने जो प्रयास गरिएको छ, यो अली बढी बैचारिक र राजनीतिक पक्ष अवश्य छ,” उनले भने ।

संवाद र सहकार्यको हिसाबले अहिले पनि सरकारमा रहेको र कांग्रेससँग सहकार्य तोडिई नसकेको कुरा बताउँदै कांग्रेसलाई पनि थुमथुम्याउने प्रयार गरे । 

ठुला थोरै पार्टी रहने प्रक्रियाको शुरुआत माओवादी र एमालेले गरेको भन्दै प्रचण्डले भने, “काँग्रेसमा पनि त्यो शुरुआत भएको छ,यो राष्ट्रको हितमा हुन्छ यो जनताको हितमा हुन्छ भनेर बुझ्नु उचित छ ।”

चितवनका जनताको विश्वास लिएर देशको नेतृत्व गर्ने तयारीमा रहेको उनले बताए । २०६२ सालमा ३८ जनाको ज्यान जाने गरी भएको बाँदरमुढे घटनाको विषयमा सोधिएको प्रश्नमा प्रचण्डले घटना भएको भोलीपल्टै माफी समेत मागिसकेको र बाँदरमुढे घटना पीडितहरुलाई यसअघि पनि सम्बोधन गरेको जिकिर गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC