site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाको जोखिम बढ्दैछ, मास्कको अनिवार्य प्रयोग गरौँ : स्वास्थ्य मन्त्रालय
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आआफ्नो स्थानमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग गर्न, स्यानिटाइजरको व्यवस्था गर्न, स्वास्थ्य संस्थाहरूले संक्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न, कोभिड १९ विरुद्धको खोप लगाउन र संक्रमण पुष्टि भए होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । 

यस्तै, अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरूमा निगरानी थप बलियो र प्रभावकारी बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement