site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिभिल बैंकले ल्यायो दोब्बर प्लस र तेब्बर प्लस मुद्धती योजना, १० लाख सम्मको जीवन र दुर्घटना बीमा हुने  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । सिभिल बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले मुद्दती योजना सहितका जीवन बीमा र दुर्घटना बीमामा दोब्बर प्लस र तेब्बर प्लस योजना सार्वजनिक गरेको हो । उक्त मुद्दती योजनामार्फत बैंकले १० लाख रुपैयाँसम्मको जीवन बीमा सुबिधाका साथै  १० लाख रुपैयाँको दुर्घटना बीमा सुबिधा पनि प्रदान गर्ने बताइएको छ । बीमा योजना रिलायन्स लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको छ ।

यी मुद्दती योजनाहरुअन्तर्गत ग्राहकले दोब्बर वा तेब्बर रकम एकमुष्ट रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधाबिना कुनै झन्झट उपलब्ध गराइने बताइएको छ ।

 बैंकले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आएको पनि जानकारी दिएको छ । हाल बैंकले ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र ९९ एटीएममार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro