खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् ।
उनले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । आफूलाई क्यानले कुनै दबाब वा केही नभनेको पनि बताएका छन् ।
राजीनामा दिँदा आफू दु:खी भएको बताउँदै उनले आउँदा दिनमा नेपाली क्रिकेटले राम्रो गर्ने विश्वास व्यक्त गरे ।
"नेपाली क्रिकेट धेरै बदलिएको छ । जुन परिवर्तन आवश्यक थियो, मैले गरेँ । अब युवा टोलीले आगामी दिनमा राम्रो गर्नेछ," उनले भने ।
पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रदर्शन निरन्तर खस्कँदो छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १५:१३
प्रतिक्रिया दिनुहोस्