site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ चलचित्र ‘प्रकाश’को ट्रेलर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायतलाई देखाइएको छ । 

जुम्लाको सेटअपमा देखिएको ट्रेलरमा आफ्नो श्रीमानको चाहना छोरामार्फत पूरा गर्न खोज्ने आमा, पैसा र ठाउँमा उच्च पदस्थ आफन्तबिना केही नगर्ने नेपाली ब्युरोक्रेसी, तत्कालीन सरकार–माओवादी जनयुद्धले परिवारको मुली बेपत्ता भएपछिको दुःख समेटेको छ । 

चलचित्र जुम्लाको सेटअपमा निर्माण भए पनि त्यसले आमा निम्नबर्गीय समाज र परिवारको कथा भन्ने निर्देशक दिनेश राउतले बताए । कतिपयमा तत्कालीन माओवादी–सरकारबीचको द्वन्द्वको कथामा चलचित्र केन्द्रित रहेको बुझाइ रहे पनि यथार्थमा चलचित्रले शिक्षक बन्ने युवाको संघर्ष बोल्ने उनको भनाइ छ । 

महेन्द्र अधिकारीको निर्माणमा दिनेश राउतले निर्देशन गरेको चलचित्र भदौ १० गते रिलिज हुँदै छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro