इस्लामावाद । पाकिस्तानको पन्जाव राज्यमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले सातदार जित निकालेको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)लाई पराजित गर्दै खानको पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)ले सानदार जित निकालेको हो ।
पीटीआईले २० मध्ये १५ सिट जितेको छ । पन्जाव पाकिस्तानको महत्वपूर्ण राज्य हो ।
यस चुनावी परिणामलाई सन् २०२३ को अक्टोबरमा हुने आमनिर्वाचनमा इमरान खानको स्थितिको सम्भावित नमुनाको रूपमा पनि लिन सकिने बीबीसीले उल्लेख गरेको छ ।
झण्डै चार वर्ष पाकिस्तानको प्रधानमन्त्री बनेका खान गत अप्रिलमा अविश्वास प्रस्तावबाट हटेका थिए ।
पन्जावको चुनावी परिणाम पीएमएल–एनको नेतृत्व गर्ने वर्तमान प्रधानमन्त्री शहवाज सरिफका लागि ठुलो धक्का हो । पहिल्यै कमजोर रहेको उनको गठबन्धन सरकारको भाग्य अहिले एउटा धागोमा झुण्डिएको छ ।
मुद्रा अवमूल्यन र इन्धनका अभावजस्ता समस्या भोगिरहेका पाकिस्तानमा अब हुने राजनीतिक अस्थिरता नियन्त्रण भन्दा बाहिर जान सक्ने बीबीसीको रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानकै सबैभन्दा बढी जनसंख्या भएको पन्जाव लामो समयदेखि प्रधानमन्त्री सरिफको पीएमएल–एन र तीनपटक प्रधानमन्त्री भइसकेका उनका दाजु नवाज सफीको नियन्त्रणमा रहँदै आएको थियो ।
बीबीसीबाट ।