site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा राष्ट्रपति चयनका लागि मतदान जारी 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारतले आज नयाँ राष्ट्रपति चयन गर्दैछ । जसका लागि संसदसहित विभिन्न राज्यका विधानसभामा मतदान जारी छ ।

भारतको राष्ट्रपतिका लागि सत्तारुढ दलले राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए अर्थात् झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूको उमेदवारी रहेको छ भने विपक्षी दलले पूर्वमन्त्री यशवन्त सिन्हालाई उमेदवार बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म भारतको सत्तारुढ दलकै उमेदवारले जित हासिल गरेको इतिहास छ । अहिले पनि विपक्षमा रहेका केही दलले सत्तारुढ दलले अघि सारेकी उमेदवार मुर्मूलाई नै मत दिने घोषणा गरेका छन् ।

त्यसैले उनले जित हासिल गर्ने सम्भावना बढी रहेको बीबीसी हिन्दीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।  राष्ट्रपति निर्वाचनमा संसदका दुवै सदन, प्रदेशको विधानसभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली तथा केन्द्र शासित राज्य पुद्दुचेरीका निर्वाचित सदस्यहरुले मतदान गर्नेछन् ।

Global Ime bank

आज भएको मतदान अर्थात् भारतको १५औं राष्ट्रपतिको नतिजा बिहीबार हुनेछ । मुर्मू राष्ट्रपति बनेमा देशकै पहिलो आदिवासी राष्ट्रपति चयन हुने समाचारमा जनाइएको छ ।

त्यस्तै उनी दोस्रो महिला राष्ट्रपति पनि हुनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement