अर्थ व्यवसाय
काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा उच्च ब्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुघर्टना बीमा सुविधा समेत दिईएको बैंकले उल्लेख गरेको छ।
यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशूल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशूल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ६० प्रतिशत छुट, निशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने बैकलले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्