राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौला खरेलले प्रहरीलाई हतियार खरिद प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेकी छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले हतियार खरिदका लागि ठूलो रकम छुट्ट्याइएको तथा चीन र भारतबाट ल्याउने तयारी भइरहेको विषय सार्वजनिक भएकाले प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताइन् ।
“प्रधानमन्त्रीज्यूले बाहिर कुनै कोठामा हतियार ल्याइन्नँ भन्नुभएको कुरा सुनिन आयो । तर, सम्माननीय प्रधानमन्त्रीले यहाँ आएर यो कुरा किन भन्न सक्नु हुन्न ? तत्काल प्रधानमन्त्री संसद्मा आएर यो कुरामा प्रस्ट पार्नुपर्छ,” उनले भनिन् ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १३:४३
प्रतिक्रिया दिनुहोस्