site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाका तीन नेताले भने– नेतृत्व सर्वसत्तावादी भएको स्पष्टीकरण सोधाइबाटै थाहा हुन्छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्पष्टीकरण सोधेका तीन नेताले कार्यसम्पादन समिति बैठकको निर्णयमा ध्यानाकर्षण भएको जनाएका छन् । बिहीबार तीन नेताले संयुक्त विज्ञप्ति जारी गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको कुरा सामाजिक संजालमार्फत थाहा पाएको उल्लखे गरेका छन् ।
 
पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रशारण गर्ने, गराउने कार्यमा संलग्न भएको भन्दै राप्रपाले नेताहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । तर, राजाराजम श्रेष्ठ बाहेकका नेताहरूले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी हित विपरित काम भयो भन्दै स्ष्पटीकरण सोधिनु आपत्तिजनक भएको उल्लेख गरेका छन् ।
 
“अनुशासनहिनताको जलप लगायर पूर्वाग्रही ढंगले असहिष्णु भई डण्डा चलाउने दुष्प्रयास गरिएको छ, यो खेदजनक छ, आपत्तिजनक छ, अस्वीकार्य छ,” विज्ञप्तिमा लेखिएको छ, “हामी नेतृत्व बर्गमा प्रश्न गर्न चाहन्छौं – के राप्रपा भित्र आन्तरिक प्रजातान्त्रिक अभ्यास बर्जित छ ? पार्टी भित्र न्युनतम प्रजातन्त्रको अवसान भैसकेको हो ? कि नेतृत्वको चरित्र र व्यवहार निषेधको राजनीतिबाट अभिप्रेरित हो ? हामिले पार्टीलाई फराकिलो बनाउनु पर्छ, ठूलो बनाउनु पर्छ । पार्टीभन्दा बाहिर रहेकालाई समेट्नु पर्छभन्दा पार्टीको अहित भयो ? पार्टी हित अनुसार अभिव्यक्ति स्वतन्त्रता पनि नरहने भयो अब ?”

उनीहरुले  थप प्रश्न गर्दै लेखेका छन्, “पार्टी बनाउने र बचाउने कुरा कसरी पार्टी हित विपरीत हुन्छ ?, चाकरी, चाप्लुसी, ज्युहजुरी र भक्तिगान मात्र स्वीकार्य हो ? बहस, छलफल, चिन्तन, आलोचनालाई पार्टीभित्र स्थान नभएकै हो ? यी गम्भीर प्रश्नको हामी जवाफ चाहन्छौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

तीन नेताले २४ घण्टे स्पष्टीकरण निषेध, पूर्वाग्रह र दुराशयबाट भएको भन्दै पार्टी नेतृत्व अप्रजातान्त्रिक, नेतृत्व सर्वसत्तावादी छ भन्ने स्पष्ट कुरा स्पष्टीकरण सोधाइबाट बुझ्न सकिने उल्लेख छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro