राजनीति
काठमाडौं । प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उमेदवारी नदिने भएको छ ।
बिहीबार सिंहदरबार स्थीत पार्टीको संसदीय दलको कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उमेदवारी नदिने निर्णय गरेको हो ।
सो कुराको जानकारी सांसद लक्ष्मणलाल कर्णले बाह्रखरीलाई दिए । लोसपाले उमेदवारी नदिएपनि कसलाई सहयोग गर्ने भनेर खुलाएको छैन । यसअघि एमालेसँग मिलेर पार्टीले उमेदवारी दिने तयारी गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १२:४१
प्रतिक्रिया दिनुहोस्