site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपति बनेका विक्रमासिंघेविरुद्ध जनता सडकमा, राजीनामा दिन माग
Siddhartha BankSiddhartha Bank

कोलम्बो । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएका छन् ।

प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेको बीबीसीले जनाएको छ । 

Agni Group
NIC Asia

राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन् । राजापाक्षेले प्रधानमन्त्रीलाई राष्ट्रपतिको भूमिका निर्वाह गर्न अख्तियारी दिएको सभामुखलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुले जनाएको छ । यद्यपि राष्ट्रपति राजापाक्षेले आधिकारिक रूपमा राजीनामा दिन बाँकी छ । 

यता आफ्नो नयाँ भूमिका सुरु भएको केही घण्टापछि नै विक्रमासिंघेले सेनालाई शान्ति सुव्यवस्था कायम राख्न जे पनि गर्ने अधिकार दिएका छन् । तर प्रदर्शनकारीहरूको मुख्य मागहरूमध्ये विक्रमासिंघेको राजीनामा पनि एक हो । 

Global Ime bank

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् भने शान्ति व्यवस्था कायम गर्न प्रहरीले भिडमाथि अश्रुग्याँस प्रहार गरेको बीबीसीले जनाएको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय