site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन, गठबन्धन आवश्यक छ : रामचन्द्र पौडेल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुनुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोजस्तो गल्ती नगर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । 

“राष्ट्रिय समस्या छन्, त्यसलाई समधान गर्न सजग हुनुपर्छ । आर्थिक संकट, मूल्यवृद्धि रोक्नुपर्छ । सोच्नुपर्छ । भ्रष्टाचार घटाउन अख्तियार सक्रिय बनाउनुपर्छ । केपीले संविधान भत्काएका थिए,” उनले बैठकमा भनेका छन्, “त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ । संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुन्छ, हुनुपर्छ । यो सरकारलाई केपी ओलीको शैली पच्छयाउने छुट छैन । त्यो हामी हुन दिँदैनौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले अहिलेको सन्दर्भमा गठबन्धन आवश्यक रहेको पनि बताए । 

“अहिले सिद्धान्तको कुरा गर्ने बेला होइन, राष्ट्रिय आवश्यकताको कुरा हो । स्थायित्व चाहने हो भने गठबन्धन आवश्यक छ । कांग्रेस र कम्युनिस्ट भन्ने बेला हैन यो । यो त स्थायित्व दिने कुरा हो । त्यसकारण गठबन्धन गरौँ । मापदण्डबारे छलफल गरौँला,” पौडेलले बैठकमा भनेका छन् । 

Royal Enfield Island Ad

पौडेलले भातृ संस्था पूर्ण हुनुपर्ने पनि बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro