site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७२ वर्षीया महिलाको साइकल यात्रामा विश्व कीर्तिमान 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लस एन्जलस । अमेरिकाकी ७२ वर्षीया महिलाले साइकलबाट अमेरिकाको उत्तरदेखि दक्षिणसम्म यात्रा गरेर गिनिज वर्ल्ड  रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । 

लिन्नी साल्भोलाई २ हजार ८३ माइल लामो यात्रा पूरा गर्न ४३ दिन लागेको थियो । पाको उमेरमा यो यात्रा पूरा गरेको कारण गिनिज उपाधि हासिल गरेकी उनले क्यालिफोर्नियाका सान सिट्रोमा यात्रा समापन गरेकी हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रशान्त महासागरको किनारै किनारबाट भएको साल्भोको यो यात्राको प्रमुख उद्देश्य संयुक्त राज्य अमेरिका र क्यानडामा शान्तिको प्रतीकको जीपीएस तस्बिर सिर्जना गर्नु पनि हो । 

यी साइकल चालक वृद्धाले यसअघि सन् २०१६ मा पनि ६७ वर्षको उमेरमा क्यालिफोर्नियाको ओसनसाइडदेखि डेलावरको बेथानी समुद्री तटसम्म साइकल यात्रा गरी कीर्तिमान खडा गरेकी थिइन् ।

Royal Enfield Island Ad

साथै, उनी सन् २०१८ मा ६८ वर्ष ३ सय ४० दिनको उमेरमा साइकलमा क्यानडा पार गर्ने पहिलो सबैभन्दा पाको उमेरकी महिला बन्न सफल भएकी थिइन् । 

साल्भोले गिनिज वल्र्ड रेकर्ड्सलाई भनेकी छन्, “मेरो कीर्तिमान गति भन्दा उमेरसँग सम्बन्धित भएकाले मैले छिटो छिटो साइकल कुदाउनु परेन । जसले गर्दा थकानको समस्या पनि झेल्नु परेन । मैले शान्ति प्रतीक परियोजना २८ वर्षको उमेरमा लाओसमा भएको एक विमान दुर्घटनामा ज्यान गुमाएका मेरा भाइ जोन थोमस वेस्टको नाममा समर्पित गरेकी छु । आशा छ, मेरो शान्ति प्रतीकले पनि साइकलबाट कोरिएको विश्वकै सबैभन्दा लामो जीपीएसको रूपमा किर्तिमान राख्ने छ ।”

यूपीआईबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro