site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा रुसको बमबारी, कम्तीमा तीनजनाको मृत्यु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

खार्किभ । युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा रुसले आक्रमणमा परी कम्तीमा तीनजनाको ज्यान गएको छ । सोमबार भएको आक्रमणमा खार्किभमा दुई बालबालिका सहित ३१ जना घाइते भएको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण आवासीय क्षेत्रमा भएको युक्रेनी राष्ट्रपतिको कार्यालयको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसैबीच उद्धारकर्ताहरूले युक्रेनकै अर्को आक्रमणमा परेकालाई भग्नावशेषबाट बाहिर निकालेका छन् । १९ जनाको ज्यान जानेगरी अपार्टमेन्टमा हमला भएको थियो ।

यता चासिभ यार सहरको दक्षिणमा शनिबार रुसी रकेट प्रहार गरेको पाँचतले अपार्टमेन्ट भवनको भग्नावशेषमा पुरिएका दुई व्यक्तिसँग उद्धारकर्ताहरूले सम्पर्क गरेका छन् । दुई दर्जनभन्दा बढी मानिस फसेको उक्त भवनबाट पीडितहरूको उद्धारकार्य जारी रहेको बताइएको छ । 

Royal Enfield Island Ad

चासिभ यारमाथिको आक्रमण पूर्वको सम्पूर्ण औद्योगिक डोनबास क्षेत्र कब्जा गर्न रुसको दबाबको एक हिस्सा भएको रोयटर्सको टिप्पणी छ । यसअघि रुसले महिनाको सुरुमा लुहान्स्क प्रान्तमा कब्जा गरेको थियो ।

खार्किभ रुसी सीमानाको उत्तरपूर्व नजिक पर्छ । तर डोनबास भन्दा बाहिर पर्छ । युद्धको पहिलो केही महिना भीषण बमबारीको सामना गरेको उक्त क्षेत्रले बीचमा केही शान्त महसुस गरेपनि हालैका हप्ताहरूमा पुन: भयंकर हमला भोग्नुपरेको छ ।

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro