site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गले नयाँ सहकार्य गर्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । विश्वव्यापी रूपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गबीचको नयाँ सम्झौता भएको छ ।

सम्झौताअनुसार संसारभरका नयाँ संगीत कलाकारहरूलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने पाउने अवसर दिइएको छ ।

यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदै छ । नयाँ कलाकारहरूलाई लस एन्जलसमा हस्ताक्षर नगरिएका कलाकारहरूले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रूपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरूमा छलफल गरेका थिए । त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरूमध्ये एक, द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाए ।

Agni Group
NIC Asia

उक्त अभियानमा आफ्नो सहकार्य बारे बोल्दै डेरुलोले भने, “संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, यदि तपाई सफल संगीतकार बन्न चाहनु हुन्छ भने, आफ्नै भरमा हुनुहुन्छ । तर यी अनुभवहरूबाट गुज्रिएको कोही तपाईंको साथमा हुनाले ठुलो फरक पार्न सक्छ । यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही हो । मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए । त्यसैले म प्रतिभाशाली कलाकारहरूको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु ।”

 

Global Ime bank

टुबोर्ग ओपन प्रोजेक्टमा विभिन्न देशका उदीयमान कलाकारहरु सहभागी छन् ।

यी कलाकारहरले आउँदो महिनाहरुमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने छन् ।

 

टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै, भिईके (नेपाल) ले भनेः “संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो । जेसनसँग सिकेका कुरा नेपाल आएपछि लागु गर्ने छु ।’’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu