काठमाडौं । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । सोमबार संघले यातायात कार्यालयले सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता, ढिलासुस्ती र लापरबाही गरिएको भन्दै कार्यालय घेराउ गरेको हो ।
त्यसक्रममा युवा संघका अध्यक्ष किरण पौडेलले अनलाइन फाराम भर्ने भनेर अनलाइन साइट खोले पनि पूर्ण रूपमा नचल्ने साइट बनाएको आरोप लगाए । उनले साइट नचल्दा पुनः नागरिकह विचौलियाकोमा पुगिरहेको बताए । उनले यातायात कार्यालयमा भएका सबै सेटिङ र विचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताए ।
प्रदर्शनकारीहरूले 'ढुङ्गेयुगको अनलाइन फाराम, भर्नेलाई भन्दा हेर्नेलाई सरम', 'लाइसेन्स प्रिन्टलाई विकेन्द्रिकृत गर' लगायतका ब्यानर र नारा लागएर विरोध प्रदर्शन गरेका थिए ।