site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नामको विषय टुंग्याउन बसेकाे प्रदेश १ को सर्वदलीय बैठक निष्कर्षविहीन 
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर एक सरकारको समन्वयमा प्रदेशको नामको विषयमा साझा धारणा कायम गर्न बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने सहमति भएपनि नाम के हुने भन्ने तय हुन नसेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकको निर्णयबारे मुख्यमन्त्री राईले भने, “दलहरूका तर्फबाट नामकरण यही अधिवेशनबाट टुंगो लगाउनेमा सहमति भएपनि के हुने भन्ने निर्णय भएको छैन ।” अहिले विभिन्न दलले प्रस्ताव गरेका वा निर्णय गरेभन्दा वैकल्पिक नामको विषयमा समेत अर्को बैठकमा छलफल गर्ने जानकारी दिएका छन् ।

दलहरूले राखेको नामको प्रस्ताव पहिलेको जस्तै भएको राईले बताए । खासगरी माओवादीले एकल पहिचान, एकीकृत समाजवादीको बहुपहिचान र नेकपा (एमाले)ले भूगोलको पहिचानको पक्षमा धारणा राखेको राईले जानकारी दिए । 

Global Ime bank

“संविधान सभाको पहिलो चुनावदेखि नै दलहरूले नामको विषयमा माओवादीले किराँत र अरु नामको विषयमा पनि छलफल भएको छ,” राईले भने, “कांग्रेसले पार्टी केन्द्रको धारणाअुनसार जातीय पहिचान भन्दा पनि भूगोलकै पक्षमा धारणा राख्ने काम भयो ।” 

किराँत प्रदेश र किराँत कोसी राख्दा हुने भनेर जसपाबाट सकारात्मक प्रस्ताव आएको र सहमतिमा जाँदा समायोजन गरेर अघि बढ्न सकिने र पहिचान छाड्न नहुने भन्ने जसपाको मत रहेको राईले बताए । 

अर्को बैठक सकेसम्म चाँडै नै गर्ने र प्रक्रियामा जाने विकल्प भएपनि सकेसम्म सहमति नै अघि बढ्न सकिने भन्दै दलहरूले सुझाव दिएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement