site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सबैभन्दा लामाे समय जापानकाे प्रधानमन्त्री बनेका नेताको अवसान, को हुन् आबे ?
Siddhartha BankSiddhartha Bank

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा बिहीबार उनको हत्या भएको हो । 

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका आबे बाजजस्तो आक्रामक विदेश नीति र विशेष आर्थिक रणनीतिका लागि परिचित थिए, जुन ‘अवेनोमिक्स’को नामले लोकप्रिय छ । 

धेरै विवरणकाअनुसार एक कट्टर राष्ट्रवादी, ६७ वर्षीय आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई दुईपटक जित्दै नेतृत्व गरे । 

Agni Group
NIC Asia

प्रधानमन्त्रीको रूपमा उनको पहिलो कार्यकाल छोटो थियो । सन् २००६ मा सुरु भई एक वर्ष भन्दा बढी टिक्यो र विवादास्पद रह्यो । तर, सन् २०१२ मा उनले  आश्चर्यजनक रूपमा राजनीतिक पुनरागमन गरे र स्वास्थ्यको कारणले राजीनामा दिनुअघि सन् २०२० सम्म लामो समय सत्तामा रहे ।

उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा जापानले आर्थिक मन्दी व्यहोरिरहेको थियो । मौद्रिक सहजता, वित्तीय प्रोत्साहन र संरचनात्मक सुधारहरूमा निर्मित विकासले कमजोर अर्थतन्त्रलाई लयमा फर्काउन मद्दत गर्ने उनको आर्थिक नीतिलाई श्रेय जान्छ ।

Global Ime bank

सन् २०११ मा तोहोकुमा ठूलो भूकम्प र सुनामीबाट भएको जापानको पुनर्भरण पनि उनले देखे । जसले लगभग २० हजार मानिसहरूको ज्यान लिएको थियो भने फुकुसिमामा आणविक रिएक्टरहरू पगालेको थियो ।

कयाैँ हप्तापछि उनले सन् २०२० मा अल्सरेटिभ कोलाइटिस रोगको कारण देखाउँदै राजीनामा दिएका थिए । उनले आन्द्राको रोगले सन् २००७ मा पनि राजीनामा दिएका थिए । उनको उत्तराधिकारीको रूपमा पार्टीको नजिकका सहयोगी योशिहिदे सुगा प्रधानमन्त्री बने । तर पनि आबेलाई जापानी राजनीतिमा एक शक्तिशाली व्यक्तित्वको रूपमा हेरिएको थियो । 

सत्तामा सवारी

पूर्व विदेशमन्त्री शिन्तारो आबेका छोरा र पूर्व प्रधानमन्त्री नोबुसुके किशीका नातिको रूपमा आबे राजनीतिक शाही परिवारका थिए । 

उनी पहिलो पटक सन् १९९३ मा संसदमा निर्वाचित भएका थिए र २००५ मा उनी क्याबिनेट सदस्य बने । तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई मुख्य क्याबिनेट सचिवको हाई प्रोफाइल भूमिकामा नियुक्त गरेका थिए । 

हेर्दाहेर्दै आबेको सत्तामा उदय सहज तरिकाले भयो । सन् २००६ मा युद्धपछि जापानमा सबैभन्दा कम उमेरमा उनी प्रधानमन्त्री बने । घोटालाहरूको श्रृङ्खला जसमा सरकारको निवृत्तिभरण दस्तावेजहरू हराए । त्यसको प्रभाव करिब ५० मिलियन नागरिकमा परेको थियो । उक्त घटनाले उनको सरकारलाई टिक्न कठिन भएको थियो ।

जुलाई २००७ मा माथिल्लो सदनको चुनावमा एलडीपीको लागि ठूलो घाटा भयो र त्यही वर्षको सेप्टेम्बरमा स्वास्थ्यमा असर भएपछि उनले राजीनामा दिए । तर २०१२ मा आबे प्रधानमन्त्रीको रूपमा फर्किए र उक्त रोगलाई जितेको बताए । सन्  २०१४ र २०१७ मा पुनः निर्वाचित भई उनले जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने मौका पाए ।

उनको लोकप्रियतामा उतारचढाव आयो । तर, पार्टीमा उनी प्रभावशाली व्यक्तित्व भएकाले कसैले चुनौती दिन सकेनन् । पार्टीको नेताको रूपमा तेस्रो कार्यकाल काम गर्न उनको लागि पार्टीले नियमहरू समेत परिमार्जन गरेको थियो ।

एक विवादास्पद राष्ट्रवादी 

आबे रक्षा र विदेश नीतिमा बाजजस्तो आक्रामक शैलीको अडानका लागि परिचित थिए । 

उनले लामो समयदेखि दोस्रो विश्व युद्धपछिको जापानको अहिंसावादी संविधान संशोधन गर्न खोज्दै आएका थिए । जापानका कट्टरवादीहरूले त्यहाँको संविधानलाई अमेरिकाले बनाएको र दोस्रो विश्वयुद्धमा जापानी सेनाको अपमानजनक पराजयको सम्झनाको रूपमा हेर्ने गरेको बीबीसीको टिप्पणी छ । 

आबेको राष्ट्रवादी विचारहरूले प्रायः चीन र दक्षिण कोरियासँग तनाव बढाएको छ । विशेषगरी सन् २०१३ मा टोकियोको यासुकुनी तीर्थस्थलको भ्रमणपछि विवाद बढेको थियो । उक्त क्षेत्र दोस्रो विश्वयुद्धअघि र युद्धको समयमा जापानको सैन्यवादसँग जोडिएको विवादास्पद क्षेत्र हो । आबेको उक्त क्षेत्रमा बारम्बार भ्रमणले जापानका वामपन्थी गुटहरूलाई पनि चिढाएको थियो । उनीहरूले यसलाई आबेले युद्धको समयमा जापानले गरेको क्रुुरतालाई सफेद बनाउने प्रयासको रूपमा हेरेका थिए ।

सन् २०१५ मा उनले सामूहिक आत्मरक्षाको अधिकारको लागि जोड दिए । जसले जापानलाई आफ्नो र आक्रमणमा परेका सहयोगीहरूको रक्षा गर्न विदेशमा सेना परिचालन गर्न सक्षम बनायो । जापानका छिमेकी र जापानी जनताको विरोधको बाबजुद पनि जापानको संसदले उक्त विवादास्पद परिवर्तनलाई अनुमोदन गर्‍याे ।

जापानको सेनालाई औपचारिक रूपमा मान्यता दिन संविधान संशोधन गर्ने उनको ठूलो लक्ष्य भने पूरा हुन सकेको छैन र उक्त कुरा देशमा विभाजनकारी विषय बनेको छ । उनको कार्यकालमा जापानले उत्तरी क्षेत्रहरू भनेर चिनाउने कुरालाई पनि सुरक्षित गर्न सकेन । होक्काइडोको उत्तरी प्रान्तबाट विवादित टापुहरूको श्रृंखला हो, जुन जापान र रूस दुवैले दाबी गरेका छन् । 

अर्थतन्त्र र कोभिड–१९ लाई सम्बोधन 

आबेको हस्ताक्षर आर्थिक नीति ‘अवेनोमिक्स’ को रूपमा चिनिन्छ । जसले उनको पहिलो कार्यकालमा आर्थिक वृद्धि फर्काउन सहयोग पुर्‍याएको थियो । 

उक्त नीतिमा नकारात्मक छोटो अवधिको ब्याजदरहरू समावेश थिए । जसले उपभोक्ताहरू र कम्पनीहरूलाई पैसा उधारो र खर्च गर्न सस्तो बनायो । पूर्वाधारमा सरकारी खर्च बढ्यो । थप वित्तीय प्रोत्साहनहरू जस्तै कर छुटहरू र सुधारहरूमा महिलाहरूलाई कार्यालयमा थप्ने र श्रमको दबाब कम गर्न आप्रवासीहरू थप्ने योजना सहज बनायो । 

तर, सन् २०२० को वसन्त ऋतुमा देश पुनः मन्दीमा जाँदा आबेको प्रयासले ठूलो चुनौती सामना गर्नुप¥यो । यी र यस्ता अन्य ढिलासुस्तीले उनको दृष्टिकोणको प्रभावकारितामा प्रश्न उठेको थियो ।

आबेको लोकप्रियता कोभिड–१९ महामारीको कारणले थप प्रभावित भयो । आलोचकहरू विश्वास गर्छन् कि घरेलु पर्यटनलाई बढावा दिने उनको अभियानले कोरोना संक्रमणको योगदानलाई बढवा दियो । उनका अन्य वाचाहरू जस्तै कार्यालयमा महिला सशक्तिकरण, नातावादको अन्त्य र अस्वस्थकर कार्य संस्कृति परिवर्तन अधुरै रह्यो । अन्तर्राष्ट्रिय रूपमा ट्रान्स–प्यासिफिक पार्टनरसिप, ११ देशहरू बीचको एक विशाल व्यापार सम्झौताको श्रेय भने उनलाई जान्छ ।

राजीनामा र मृत्यु

आबेले पार्टीको उत्तराधिकारीको नाम दिन अस्वीकार गरेपछि अगस्ट २८ मा राजीनामा गर्नुपर्‍याे । त्यसले एलडीपी पार्टीमा गुटहरू बीचको आन्तरिक संघर्ष निम्त्यायो । अन्ततः योशिहिदे सुगा, एक अनुभवी राजनीतिज्ञ र लामो समयसम्म मन्त्रिपरिषद्का सदस्य उनको उत्तराधिकारी भए । 

तर, सुगालाई वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले प्रतिस्थापन गरेपछि पनि आबेले जापानको घरेलु राजनीतिमा आफ्नो नियन्त्रण कायमै राखे । 

जुलाई ८ मा आबे जापानको माथिल्लो सदनका लागि उमेदवारको नाममा प्रचार गर्दै दक्षिणी सहर नारामा थिए । एक बन्दुकधारीले गोली हानेको बेला उनी भाषण दिइरहेका थिए । 

जापानको नौसेनाको बराबर मानिने एक ४१ वर्षीय सेल्फ डिफेन्स फोर्सको पूर्व सदस्यले आबेलाई गोली हानेका हुन् ।

अस्पताल पुर्‍याउँदासम्म आबे होशमा थिए । तर, उनको चोटका कारण मृत्यु भयो ।

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu