राजनीति
काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ’नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो ।
विधेयक फिर्ता लिनेक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले भने विरोध गरेको थियो । विरोधकैबीच संसद्को बहुमतले विधेयक फिर्ता लिएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ १७:०९
प्रतिक्रिया दिनुहोस्