देश
काठमाडौं । काठमाडौंको नागपोखरीस्थित सन्तोषी माताको मन्दिरबाट करिब १६ लाख बराबरको गरगहना चोरी भएको छ । दानपेटीका, पुजारीका पैसा, सुन र चाँदीका गरगहना चोरी भएको हो ।
जैसी सन्तोषीमाता सेवा समितिकी कोषाध्यक्ष विला गर्तौला तिवारीकाअनुसार १० तोला बराबरको सुन, चाँदीका हार, दानपेटीका चोरी भएको छ । “पुजारीले लामो समयदेखि जम्मा गरेको तीन लाख रुपैयाँ चोरी भयो,” उनले भनिन् ।
बुधबार राति १२ बजेदेखि १ बजेको समयमा मन्दिरमा लगाइएका चारवटा ताल्चा काटेर गरगहनासहित रुपैयाँ चोरी भएको समितिले जनाएको छ ।
चोरी भएपछि समितिले कमलपोखरी प्रहरीलाई खबर गरेको थियो । आज बिहान काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनुगमन गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ १७:०३
प्रतिक्रिया दिनुहोस्