राजनीति
काठमाडौं । सरकारले तीन देशका लागि राजदूत नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।
ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी र श्रीलंकाका लागि वासुदेव मिश्रलाई नेपाली राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ १५:४३
प्रतिक्रिया दिनुहोस्