देश
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई विद्यालय भारतीय राजदूतावासका सचिव करुण वंशलले उद्घाटन गरेका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरेका हुन् ।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाख लागतमा परियोजनालाई अघि बढाइएको हो ।
शिवभरी माध्यमिक विद्यालयमा ७०० र श्री जानकी उच्च माध्यमिक विद्यालयमा १३०० भन्दा बढी विद्यार्थी अध्ययन गर्र्दै आएको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ १२:३९
प्रतिक्रिया दिनुहोस्