site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विम्बल्डन टेनिस : इतिहास रच्न सफल जाबेउर र रुबाकिना उपाधि भिडन्तमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इतिहास रच्न सफल ओन्स जाबेउर र एलेना रुबाकिनाले विम्बल्डन टेनिसको अन्तिम चारमा प्रभावशाली जित हासिल गर्दै उपाधि भिडन्त पक्का गरेका छन् । 

तेस्रो वरीयताप्राप्त ट्युनिसियाकी जाबेउरले ताजाना मारियालाई ६–२, ३–६, ६–१ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् । ग्रान्डस्लाम एकल स्पर्धाको फाइनलमा स्थान बनाउने जाबेउर अरबको पहिलो खेलाडी बनेकी छिन् ।

त्यस्तै रुबाकिना पूर्व च्याम्पियन सिमोना हालेपलाई ६–३, ६–३ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएकी हुन् । रुबाकिना पनि ग्राण्डस्लामको फाइनलमा पुग्ने काजकिस्तानकी पहिलो खेलाडी बनेकी छिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जाबेउर र रुबाकिनाले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

जबेउरलाई विम्बल्डनमा उपाधिका लागि प्रमुख दाबेदार मानिएको थियाे । जाबेउर र उनकी प्रिय साथी मारियाले दर्शकलाई रोमाञ्चित बनाएका थिए । खेलपछि उनीहरू नेटमा लामो समयसम्म स्नेहपूर्वक अँगालोमा बाधिएका थिए । 

Royal Enfield Island Ad

मारियाले गत वर्ष मात्रै आफ्नो दोस्रो सन्तान सेसिलियालाई जन्म दिएकी थिइन् । विम्बल्डनमा सेमिफाइनलसम्मको उल्लेखनीय दौडमा मारियाले सबै बाधाहरूलाई पन्छाएकी थिइन् । 

सन् १९६० मा दक्षिण अफ्रिकाकी सान्ड्रा रेनोल्ड्सले विम्बल्डनको फाइनलमा स्थान बनाएपछि २७ वर्षीया जाबेउर ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो अफ्रिकी महिला पनि हुन् ।

“यो वर्षौँ वर्षसम्मको मिहिनेत र त्यागपछि साकार भएको सपना हो । म साँच्चै खुसी छु कि त्यो मिहिनेत र त्यागको प्रतिफल मिलिरहेको छ । म यो उपाधि जितेर धेरै नयाँ पुस्ताहरूलाई प्रेरित गर्न चाहन्छु । ट्युनिसिया अरब संसारसँग जोडिएको छ । अफ्रिकी महादेशसँग जोडिएको छ । यस क्षेत्रमा थप खेलाडीहरू जन्मिएको हेर्न चाहन्छु,’’ जाबेउर भन्छिन्, ‘‘यो युरोप वा अन्य देशहरू जस्तो होइन । म मेरो देश, मध्य पूर्व, अफ्रिकाबाट धेरै खेलाडीहरू  जन्मिएको हेर्न चाहन्छु । एकसमय मलाई यो सफलता हासिल गर्न सक्छु भन्ने विश्वास लागेको थिएन । आज त्यो प्रयास गर्दैछु । आशा छ यसबाट मानिसहरू प्रेरित हुन्छन् ।’’

रुसमा जन्मिएकी रुबाकिनाले २०१८ बाट काजकिस्तानबाट खेल्न थालेकी हुन् । अहिले उनी ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो काजकिस्तानको खेलाडी बन्न सफल भएकी छिन् । युक्रेनमा आक्रमण गरेका कारण रुसका खेलाडीलाई विम्बल्डनका खेल्न प्रतिबन्ध लगाइएको थियो । 

मस्कोमा जन्मिएकी रुबाकिनालाई यसबारे सोधिएको प्रश्नमा भनिन्, ‘‘मैले लामो समयदेखि काजकिस्तानबाट खेल्दै आएको छु । काजकिस्तानको प्रतिनिधित्व गर्न पाउँदा म साँच्चिकै खुशी छु । देशले मलाई विश्वास गरेको छ । त्यसकारण मैले कस्तो महसुस गर्छु भन्ने विषयमा धेरै प्रश्न नगरौँ ।’’

१७औँ वरीयाताप्राप्त रुबाकिनाले ग्राण्डस्लाम उपाधिबाट एक जितमात्र टाढा छिन् । उनी भन्छिन्, ‘‘यहाँसम्म आईपुग्छु भनेर म आफैँले सोचेको थिइनँ । पक्कै पनि मलाई विश्वास थियो कि एक दिन ग्राण्डस्लाम उपाधि जित्नेछु । तर, यहाँ खेल्नुअघि म घाइते भएकी थिए । तयारी राम्रो थिएन ।’’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro