site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमआई५ र एफबीआई प्रमुखले दिए चिनियाँ खतराबारे चेतावनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लन्डन । चीनबाट देखिएको खतराबारे चेतावनी दिन बेलायत र अमेरिकाका सुरक्षा सेवाका प्रमुखद्वय अप्रत्यासित रूपमा एकैसाथ सार्वजनिक भएका छन् । 

अमेरिकाको संघीय जाँचबुझ ब्यूरो (एफबीआई)का निर्देशक क्रिस्टोफर रेले भनेका छन्, “चीन हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा ठूलो दीर्घकालीन खतरा रहेको थियो र यस मुलुकले पछिल्ला चुनावहरू लगायत राजनीतिमा पनि हस्तक्षेप गरेको थियो ।”

बेलायतको गुप्तचर निकाय एमआई ५ का प्रमुख केन म्याकलमले भनेका छन्, “विगत तीन वर्षदेखि मेरो सेवाले चीनको गतिविधि विरुद्धको आफ्नो काम दोब्बर भन्दा बढी गरेको छ । र, हामीले यस कार्यलाई पुनः दोब्बर बनाउँदैछौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले सन् २०१८ को तुलनामा एमआई ५ ले अहिले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिहरूमाथि सात गुणा बढी अनुसन्धान गरिरहेको बताएका छन् ।

एफबीआईका रेले चेतावनी दिँदै भनेका छन्, “यदि चीनले बल प्रयोग गरेर ताइवान कब्जा गर्न खोजेको खण्डमा यसले विश्वले अहिलेसम्म देखेकोमध्ये सबैभन्दा भयावह मामिला अवरोधहरूमध्ये एकको प्रतिनिधित्व गर्नेछ ।”

Royal Enfield Island Ad

यसबारे प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन्, “बेलायती गुप्तचर निकायले ‘चिनियाँ खतरा सिद्धान्त’को प्रपोगान्डा गर्ने प्रयास गरिरहेको छ । र, म एमआई ५ का अध्यक्षलाई ‘काल्पनिक दानवहरू’लाई भुल्न सल्लाह दिन्छु ।”

झाओले एफबीआईका निर्देशकले पनि चीनमाथि आक्रमण गर्ने बहानाको रूपमा चीनको खतरालाई प्रयोग गरिरहेको र यो शीतयुद्धकालीन मानसिकता भएको बताएका छन् । साथै, उनले निर्देशकलाई गैरजिम्मेवारपूर्ण टिप्पणीहरू नर्गन पनि आह्वान गरेका छन् । 

बेलायतको राजधानी लन्डनको थेम्स हाउसस्थित एमआई ५ को प्रधान कार्यालयमा पहिलो पटक यी दुई सुरक्षा प्रमुख एकै साथ सार्वजनिक भएका हुन् । 

बीबीसीबाट ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro