राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले वैैवाहिक अंगिकृत नागरिकताका विषयमा गम्भीर प्रश्न उठाएका छन् । उनले वैवाहिक अंगिकृत नागरिकतालाई सिन्दुरसँग नागरिकता साट्ने गरिएको भन्दै त्यस्तो गर्नु राष्ट्रहित विपरित हुने बताए ।
“सरकारले नागरिकता विधेयक फिर्ता लिँदै छ भन्ने कुरा आएको छ । नेपालीले नागरिकता पाउनुपर्छ । तर, विदेशीको इन्ट्रेष्ट पूरा गर्नेगरी नागरिकता दिन सकिँदैन,” पूर्वडीआईजीसमेत रहेका सिलवालले भने, “सिन्दुरसँग नागरिकता साट्ने कुरा स्वीकार्य छैन ।” उनले दुईतिर अरब अरब जनसंख्या भएको देशमा नागरिकता खुकुलोसँग दिने व्यवस्था स्वीकार्य नहुने बताए ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १५:१८
प्रतिक्रिया दिनुहोस्